पत्रकारिता आचार संहिता कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ चैत । DSC_0598म्याग्दीका सरोकारवालाहरुले पत्रकारितालाई मर्यादीत र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखासंगको समन्वयमा प्रेस काउन्सिल नेपालले बिहीबार बेनीमा अयोजना गरेको मिडीया सम्बाद कार्यक्रममा काउन्सीलका पदाधीकारी, जनप्रतिनिधि र सरकारी अधिकारीले पत्रकारीता आचार संहिताको कार्यान्वयनमा जोड दिएका हुन् ।

प्रेस काउन्सिलका सदस्य खिलाबहादुर भण्डारीले पत्रकार र सञ्चार माध्यमको सामाग्रीमा दलिय प्रभाव, व्यवसायिक स्वार्थ, व्यक्तिगत आग्रह र पूर्वाग्रह झल्कन नहुने बताउनुभयो । अर्का सदस्य सुर्दशन आचार्यले देशभरका सञ्चार माध्यमको सामाग्रीको काउन्सिलले निगरानी गर्दै आएको बताउँदै सञ्चार माध्यम र पत्रकारले कमजोरी गरेको अवस्थामा गुनासो गर्न ठाउँ काउन्सिल भएको बताउनुभयो ।DSC_0588जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले सबै पेशाकर्मी आफ्नो जिम्मेवारप्रति इमान्दार र आचारसंहीता पालनामा संवेदनशिल बन्नुपर्ने बताउनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले शुसासन, पारदर्शीता, विकास र सम्बृद्धीका लागि सबै क्षेत्र आ आफ्नो आचारसंहिता पालनामा प्रतिवद्ध बन्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सार्थक प्रमाण र प्राकृतिक न्यायको सिद्धान्तमा आधारीत भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले घटनास्थलमा नपुगीकन, छिटो गलत सूचना सम्प्रेषण गरेर चर्चामा आउने प्रवृत्ती मौलाएको बताउँदे तथ्यमा आधारीत भई सकारात्मक र रचनात्मक प्रभाव पार्ने समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो । DSC_0570नागरिक समाजका सुर्दशनकुमार श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक छबिन्द्र बेल्वासे, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष दिपक पौडेलले नकारात्मक भन्दा पनी रचनात्मक र सकारात्मक समाचारलाई प्राथमिकता दिन सुझाव दिनुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, उपाध्यक्ष ठाकुर आचार्यको स्वागत र सचिव गोरख सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।