सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ चैत ।बेनीमा मंगलबारदेखि सरोकारवालाहरुका लागि रेड सचेतना तालीम सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय वन तालिम केन्द्र पोखराले आयोजना गरेको तिन दिने तालीममा म्याग्दी, बागलुङ र पर्वतका सामुदायिक वन उपभोक्ता महासंघ, वन कार्यालयका कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको छ । कार्वन उत्र्सजन न्युनीकरण र खपतमा योगदान गरी वातावरण संरक्षणका लागि भएको रेड सम्बन्धि अन्तराष्ट्रिय घोषणा र नेपालले यसबाट लिन सक्ने फाईदा तथा घोषणा कार्यान्वयनमा भएका पहलको बारेमा जानकारी गराउने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
जिल्ला वन अधिकृत माधवप्रसाद देवको अध्यक्षता, क्षेत्रीय वन तालीम केन्द्रका गोविन्दबहादुर थापाको सञ्चालन, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत तिलकबहादुर थापाको स्वागत र रेडका अजयबिक्रम मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश ४ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव मेघराज पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।