जलजलाको केन्द्र लामाखेतमा कायम भएपछि खुसियाली

विकल्प न्यूज/जलजला
बेनी १७ फागुन । 28583875_10216057507496852_1250920014_oउत्तरी पर्वतको पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा कायम भएको सूचना राजपत्रमा प्रकाशन भएको छ । सूचना प्रकाशित भए सँगै लामाखेत केन्द्रपक्षधरहरुमा खुसियाली छाएको छ ।

गत साउनमा भएको गाउँसभामा बहुमतको आधारमा ४ नम्बर वडा लामाखेतमा केन्द्र कायम गर्ने विषयमा भएको निर्णय अनुसार सरकारले बुधबारको राजपत्रमा प्रकाशन गरेको हो ।
यसअघि तत्कालीन स्थानीय तहको संख्या, सिमाना र नामांकनका लागि बनेको आयोगले साविकका बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौ गाविसलाई समेटेर बनेको जलजलाको अस्थाई केन्द्र वडा न. ३ स्थित साविक माझफाँट गाविसलाई कायम गरेको थियो ।

७ नम्बर वडा मिलनचोक र ३ नम्बर मल्लाजमा केन्द्र कायम हुनुपर्ने दुईथरी पक्षको बिवाद, दवाव र आन्दोलनका बिच भएको स्थानीय तह निर्वाचनपछि गाउँसभाले बहुमतको आधारमा लामाखेत केन्द्र तोक्ने निर्णय गरेको थियो ।  jaljala gaupalikaगाउँसभाको निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार हाल मल्लाजमा रहेको गाउँपालिकाको कार्यालय लामाखेतमा स्थानान्तरण गर्नुपर्ने ४ नम्बर वडाका अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।
जनप्रतिनिधिहरुको दुइतिहाईको निर्णय अव कार्यान्वयनका लागि बाटो खुलेको वडा ७ धाइरिङका वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो । उहाँले सवैलाई पायक पर्ने स्थानमा केन्द्र निर्धारण भएकाले तत्काल कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।
तर वडा न. ३ का अध्यक्ष रवी भण्डारीले राजपत्रमा प्रकाशन भएपनि भौगोलिक र अन्य हिसावले लामाखेत उपयुक्त नभएको बताउनुभयो । नदीको किनार, सार्वजनिक जग्गा र आवश्यक पूर्वाधार नभएकाले दुई तिहाई बहुमत जुटाएर मल्लाजनै केन्द्र राख्नुपर्ने भण्डारीको तर्क छ ।