गैससका कामलाई पारदर्शी र प्रभावकारी बनाउन नीतिगत सुधार गरिने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ फागुन । IMG_7182महिला, बालबालीका तथा समाजकल्याणमन्त्री थममाया थापाले गैरसरकारी संस्थाले गर्ने कामलाई पारदर्शी र प्रभावकारी बनाउन नितीगत सुधार गरिने बताउनुभएको छ ।

प्रेस चौतारी म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थापाले एनजिओ र आईएनजिकोका काम पारदर्शी हुन नसकेको बताउँदै नियमनका लागि नितीगत सुधार गरिने बताउनुभएको हो ।

राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले एकै ठाउँमा समान किसीमका कार्यक्रम गरेर डुब्लीकेशन गरीरहेको पाइएकाले लगानी अनुसार लक्षित वर्गले लाभ र परिणाममुखी उपलब्धि देखिनुपर्ने मन्त्री थापाले बताउनुभयो ।

नेकपा एमालेकी पोलीट ब्युरो सदस्य समेत रहनुभएकी थापाले सरकारलाई बलीयो बनाउन संघीय समाजवादी फोरमलाई पनी सहभागी बनाउन प्राथमिकता दिइएको बताउँदै औचित्यका आधारमा संबिधान संसोधन गर्र्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

संबिधानको मर्म अनुसार दलहरुले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने मन्त्री थापाको भनाई छ । एमाले र माओवादी बीच छिट्टै पार्टी एकताको घोषणा हुने उहाँले बताउनुभयो ।
म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत, कृषि, जडिवुटी र खनिज सम्भावनालाई परिचालन गर्न प्राथमिकता दिने थापाले बताउनुभयो । पूर्वाधार आयोजनाहरुमा बजेट बिनियोजन हुने तर समयमै गुणस्तरीय काम नहुने समस्या समाधानका लागि सरकारले नितीगत सुधार गर्ने बताउँदै मन्त्री थापाले संघीय, प्रदेश सरकार र स्थानीय तहले अनुगमन र सहजिकरण गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

जनप्रतिनिधिको कामलाई बिवादरहित, पारदर्शी र व्यवस्थित बनाउन संघीय सरकारले आचारसंहिता बनाउन लागेको बताउनुभयो । सरकारले संबिधान र बाम गठबन्धनको घोषणापत्रको मर्म अनुसार निती, योजना र बजेट ल्याउने बताउनुभयो ।

युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउ र रोजगारी सिर्जना गर्नका लागि प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सातै प्रदेशमा प्राबिधिक शिक्षा सहितको विश्वविद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

प्रेस चौतारी म्याग्दीका उपाध्यक्ष केपी सापकोटाको अध्यक्षता, सचिव प्रताप बानियाको सञ्चालन र कोषाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।