ताजा समाचार:
Search

रोजगारीका लागि प्राबिधिक शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ५ फागुन । IMG_6192म्याग्दीका सरोकारवालाहरुले आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्राबिधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । बेनीमा रहेको ग्राफिक्स कम्प्युटर सेन्टरको शनिबार भएको प्रथम वार्षिक उत्सव तथा अभिभावक दिवसमा सहभागीहरुले प्राबिधिक शिक्षा अपरिहार्य रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नेपालमै केही गर्न मात्र नभएर बिदेशमा काम गर्न जानका लागि पनि प्राबिधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालीमा प्राबिधिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले रोजगारी र आयआर्जनका लागि प्राबिधिक शिक्षाको राम्रो सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा लगायतले स्वरोजगार र आत्मनिर्भर बन्न चाहने युवा युवतीलाई राज्यका निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।

ग्राफिक्स कम्प्युटर सेन्टरका अध्यक्ष धु्रब जिसीको अध्यक्षता, महेन्द्र रेग्मीको सञ्चालन र बसन्त श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ईञ्जिनियर सुवास थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सिटीइभिटीबाट मान्यताप्राप्त उक्त सेन्टरले जुनीयर कम्प्युटर विषयमा १८ महिने कक्षा सञ्चालन गरेको छ । ४० जनाको कोटा भएपनी हाल २७ जनामात्र विद्यार्थी अध्ययनरत छन् ।