ताजा समाचार:
Search

नारच्याङका उपभोक्ता समितिलाई तालीम

विकल्प न्यूज/बेनी
फागुन ५ गते । 27912582_998698916947971_5082633753698485826_oम्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका उपभोक्ता समितिका पदाधीकारीहरुलाई तालीम दिइएको छ । गाउँपालिकाको आयोजनामा नारच्याङमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालीम दिइएको हो ।
गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्य र लेखापाल ईन्द्र केसीले उपभोक्ता समितिका पदाधीकारीको काम, कर्तब्य र अधिकार, योजना व्यवस्थापन, जनसहभागीता, लेखा व्यवस्थापन, योजना सम्झौता र फरफारक गर्दा अपनाउनुपर्ने प्रक्रियाको विषयमा तालीम दिनुभएको थियो ।
वडा अध्यक्ष चन्द्रप्रसाद फगामीको अध्यक्षता, सचिव दिर्घप्रसाद गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यपालीका सदस्य पवित्रा खड्का, वडा सदस्य रुद्र तिलीजाको पनी उपस्थिती रहेको थियो । गाउँपालिकाद्धारा बजेट बिनियोजन भएको योजना कार्यान्यनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन ८ नम्बर वडा राम्चेमा पनि उपभोक्ता समितिलाई तालीम दिइने नायव सुब्बा आचार्यले बताउनुभयो ।