ताजा समाचार:
Search

बेनी बोर्डिङको अभिभावक दिवस

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ फागुन । IMG_6175बेनी बोडीङ्ग सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस मनाएको छ ।  अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिनुभयो ।

विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम बानियाको स्वागत, शिक्षक प्रकाश आचार्य र मनिषा भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण शर्मा, प्रिन्सीपल पुस्कर कार्की, अभिभावक अजयमिलन श्रेष्ठ र विद्यार्थी अविनास शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले चित्रकलाका साथै खेलकुद सम्बन्धि तस्विर प्रर्दशनी गरिएको थियो । विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरिएको थियो ।

१२ वर्ष मुनीको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताका लागि नेपाली टोलीमा छनौटमा परेका ८ कक्षाका अनुपम श्रेष्ठ र पुर्व विद्यार्थी म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा लगायत एक दशक भन्दा बढी समय अध्यापन गराएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।