ताजा समाचार:
Search

सहकारीका सञ्चालक र कर्मचारीलाई प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ फागुन । Sahakariम्याग्दीका सहकारीकर्मीहरुलाई शुक्रबार बेनीमा सहकारी ऐन २०७४ तथा सहकारीमा सम्पत्ती सुद्धिकरण निर्देशीका सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रममा म्याग्दीमा रहेका सहकारीका सञ्चालक र कर्मचारीहरुबीच ऐन र निर्देशीकामा भएका व्यवस्थाको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक सदस्य रामबहादुर जिसीले नयाँ व्यवस्था अनुसार सहकारीको नियमन गर्ने अधिकार स्थानीय तहमा रहेको जानकारी दिदै दश लाख भन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने बताउनुभयो ।

सहकारीका सञ्चालक जिम्मेवार र सचेत बन्नुपर्ने बताउँदै सञ्चालक जिसीले ऐन, नियम र निर्देशीका विपरीत सञ्चालन भएका सहकारीलाई सहकारी संघले काँघ नथाप्ने स्पष्ट पार्नुभयो । म्याग्दीमा २१५ वटा सहकारी संस्था दर्ता भएपनि १९० वटा सञ्चालनमा छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामीछाने पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले सहकारी संस्थालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।