ताजा समाचार:
Search

थममाया मन्त्रीमा नियुक्त भएपछि म्याग्दीमा खुसीयाली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ फागुन । sapath_of_kp_oli_2_rmPjIG2FwFनेकपा एमालेका सांसद थममाया थापा बिहीबार मन्त्री बन्नुभएको छ । थापा मन्त्रीमा नियुक्त भएपछि जिल्लावासी खुसी भएका छन् । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा समानुपातीक तर्फबाट प्रतिनिधीसभा सदस्य चयन हुनुभएकी थापालाई बिहीबार प्रधानमन्त्री चयन हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला तथा बालबालीका मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला नेत्री थापा यसअघि २०६४ को संबिधानसभामा एमालेबाट समानुपातीक सांसद बन्नुभएको थियो ।

नवनियुक्त मन्त्री थापाले संबिधानको कार्यान्वयन, शुसासन र विकासलाई प्राथमिकता दिने प्रतिक्रिया दिनुभयो ।  स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर म्याग्दीमा विकास आयोजना भित्र्याउने र त्यसको कार्यान्वयन गर्ने थापाले बताउनुभयो । उहाँले संबिधानमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरुको हक हितका लागि भएका व्यवस्थाको कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गरी बुधबार राष्ट्रपतीलाई प्रतिवेदन बुझाएपछि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको थियो ।sapath_of_kp_oli_1_66sqLZEhtUसंसदको ठूलो दलको संसदीय दलको नेताको हैसीयतमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा चयन गरेलगत्तै उहाँले थापा र मोरङ १ बाट निर्वाचित लालबाबु पण्डीतलाई समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको हो । थापा फुल मन्त्रि बन्ने पहिलो म्याग्देली र धौलागिरी क्षेत्रकै पहिलो महिला बन्नुभएको छ ।

पार्टी एकताको घोषणा सहित तालमेल गरेर चुनाव लडेका एमाले माओवादीको बामगठबन्धनको संघीय सरकार गठन भएकोमा म्याग्दीमा दुबै पार्टी सम्बद्ध विद्यार्थी संगठनले खुसीयाली मनाएका छन् । अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिपावली गरेको अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्माले बताउनुभयो ।