ताजा समाचार:
Search

प्रजातन्त्र र निर्वाचन दिवस मनाउन मूल समारोह समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३ फागुन ।  IMG_6083बेनीमा ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस मनाउन बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।
समितिको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मूल समारोह समिति गठनका साथै फागुन ६, ७ र ८ गते त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा ६, ७ र ८ गते सरकारी कार्यालय र मठ मन्दिरमा दिपावली गर्ने, ६ गते बिहान म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा मंगलाघाट, बेनी बजार र कालीपुल क्षेत्रमा सरसफाई गर्ने निर्णय भएको छ ।

यसैगरी ७ गते जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, राजनितिकर्मी, बजारबासी, मावि र क्याम्पस तहका विद्यार्थीहरुको सहभागीतामा बेनी बजारमा प्रभातफेरी र बेनी सामुदायीक मावि परिसरमा मुल समारोहको आयोजना गरि दिवस मनाउने निर्णय भएको छ । बैठकले म्याग्दीका गाउँपालिकाहरुलाई पनी दिवस मनाउनका लागि आग्रह गरेको छ ।