क्यान्सर पीडित दुर्गालाई हङकङबाट सहयोग

विकल्प न्यूज/बेनी
फागुन २ गते । 28081117_1833250626699165_392626036_o म्याग्दीको मंगला गाउँपालिका १ कुहुँका क्यान्सर पीडित दुर्गा वहादुर लाम्गादेलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको शिलशिलामा हङकङमा रहनुभएका बेनी नगरपालिका ८ संगमचोकका कृष्ण धमालले लाम्गादेको उपचारमा सहयोग पु¥याउन १५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
बुधबार ओमकुमारी शान्तीकोषका अध्यक्ष राजेश शाक्यलाई धमालका दाजु दिपेन्द्र विश्वकर्माले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अवस्था कमजोर भएपछि सो उपचार खर्च लागि ओमकुमारी शान्ति कोषले दुर्गा बचाऊ अभियान थालेको थियो । क्यान्सर पीडित लम्गादे अहिले काठमाण्डौमा उपचारत हुनुहुन्छ ।

28126288_1833250636699164_1843176264_oयसै गरी मंगला गाउँपालिका ३ वंरजाका शिवलाल सापकोटाले पाचहजार पाँचसय ५५ रुपियाँ शान्तिकोषलाई सहयोग गरी कोषको आजिवन सदस्य बन्नुभएको छ । सापकोटाको धर्मपत्नीलाई कोषका अध्यक्ष शाक्यले आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।