सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ माघ । मिजार समाज म्याग्दीले एक जना क्यान्सर रोगीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नाकमा मासु पलाएर क्यान्सरबाट थलीएका मंगला गाउँपालिका १ कुहुँका ६५ वर्षिय दुर्गाबहादुर लाम्गादेलाई दश हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको हो ।
समाजका अध्यक्ष सुकलाल किसान, सल्लाहकार मनबहादुर चर्माकार, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर बोहोरा, सदस्य श्याना नेपाली र दिलगोपाल सिकेले लाम्गाडेका ज्वाई अमृत विश्वकर्मालाई नगद हस्तान्तरण गर्नुभएको थियो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका लाम्गादेको उपचारका लागि ओमकुमारी शान्ति कोष लगायत संघ संस्थाले सहयोग संकलन अभियान चलाएका छन् ।