गाउँको क्याम्पसलाई स्थानीयले जुटाए ८२ लाख

विकल्प /म्याग्दी
पुस २ गते । म्याग्दीको ग्रामिण भेगमा रहेको एक क्याम्पसलाई स्थानीयले चन्दा र सहयोग अभियान सञ्चालनबाट ८२ लाख रुपियाँ संकलन गरेका छन् ।
जिल्लाको बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पस आर्थिक अभावमा परेपछि गाउँलेहरुले सुरू गरेको आर्थिक संकलन अभियानबाट गाउँमै उक्त रकम संकलन भएको हो ।
जिल्लाको पश्चिम भेगका ग्रामिण गाउँका विद्यार्थीहरुले क्याम्पस तहको शिक्षा लिन सदरमुकाम र जिल्ला वाहिर जानुपर्ने अवस्थाबाट मुक्त हुनका लागि गाउँलेहरुले गाउँमै २०६६ सालमा क्याम्पसको स्थापना गरेका थिए ।
पछिल्लो समय क्याम्पस सञ्चालन गर्नका लागि आर्थिक अभाव भएपछि गाउँलेहरुले सहयोग अभियान सञ्चालन गरेका हुन ।

IMG_9755
सहयोग अभियानका क्रममा विहिवार सम्म ८२ लाख रुपियाँ संकलन भएको क्याम्पसले जानकारी दिएको छ । क्याम्पसलाई आवश्यक पर्ने जग्गा, तलव सहित आवश्यक खर्चको अभाव भएपछि पुर्व विद्यार्थी, स्थानीय राजनीतिक दल, महिला आमा समुह, अभिभावक लगाएतका सरोकारवाला निकायहरुले क्याम्पस बचाउँ अभियान संचालन गरेको बावियाचौरका समाजसेवी नरशिंह केसीले बताउनुभयो ।

baiyachaur vdc photo
गाउँलेहरुले १ करोड रुपियाँ पु¥याउने लक्ष्यका साथ अभियान सञ्चालन गरेका छन् । समाज सेवी केसीका अनुसार अभियानमा स्वदेश तथा विदेशबाट क्याम्पसलाई सहयोग गर्नेहरुको लर्को लाउन थालेको छ । अहिले गाउँलेहरुले आफन्तको सम्झनामा, जन्मउत्सव सहित अन्य धार्मिक कार्यको नाममा समेत क्याम्पसलाई सहयोग प्राप्त भएको समाजसेवी केसीले बताउनुभयो ।
अहिले क्याम्पसले आफ्नै भवन नहुँदा उच्च मविको भवन प्रयोग गरिरहेको छ । जग्गाको अभावमा केन्द्रबाट प्राप्त हुने अनुदानबाट समेत क्याम्पस बञ्चित हुँदै आएको छ ।
सहयोग अभियानका क्रममा गाउँमा आर्थिक अवस्था कमजोर भएकाले समेत ५० हजार रुपियाँ सम्म सहयोग गरेका छन् । पश्चिम म्याग्दीका विभिन्न गाविसका साथै बागलुङबाट समेत अध्ययन गर्न आउने क्याम्पसमा पहिलो चरणमा बावियाचौर, अर्मन, कुहुँ, बरंजा लगाएत आसपासका क्षेत्रका बासिन्दा तथा त्यहाँबाट विदेशमा गएकाबाट सहयोग संकलन गरिएको छ ।
आर्थिक तथा भौतिक संकटलाई समाधान गर्न क्याम्पसका भूपू. सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकीको संयोजकत्वमा विदेश विभाग प्रमुख, सतप्रसाद रोका, स्थानीय विभाग प्रमुख नारायणबहादुर अधिकारी, गैरसरकारी संघसंस्था प्रमुख नरसिं केसी, शिक्षक कर्मचारी विभाग प्रमुख कविन्द्र रोका तथा सञ्चार प्रमुख केशब कँडेल रहेको मंगला शिक्षा क्याम्पस पूर्वाधार आर्थिक सङ्कलन समिति गठन गरिएको छ ।
जनआर्दश महिला समुह र जनआर्दश महिला सहकारी संस्थामा आवद्ध महिलाले बाजा,भजन सहित गाउँ परिक्रमा गरी चन्दादातालाई स्वागत गर्ने गरेका छन् । क्याम्सपमा शिक्षा संकाय अन्र्तरगत नेपाली, अंग्रेजी र गणित विषयमा ५६ विद्यार्थी अध्यायनरत छन् । तलव, ब्यवस्थापनमा मासिक २ लाख खर्च हुने गरेको छ । म्याग्दीमा म्याग्दी बहुमुखी क्याम्पस, घार गाविसमा मुक्तिमार्ग क्याम्पस समेत रहेको छ । ग्रामिण क्षेत्रमा क्याम्पस सञ्चालन हुँदा छात्रको तुलनामा छात्रालाई राहत मिलेको छ । हरिकृष्ण गौतम