गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने, २३ प्रतिशत बोनस बाँड्ने क्षमता

विकल्प न्यूज/बेनी
भदौ २२ गते ।

गण्डकी विकास बैक (GDBL) ले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपात हकप्रद सेयर जारी गर्ने भएकाे छ । जसका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले ४६ लाख नौं हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति माग गरेको हो ।

gandaki_bikas_bankबैंकले जारी गर्ने हकप्रद सेयर पश्चात वैकको चुक्ता पूँजी दुई अर्व ३० करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोके वमोजिम नपुग चुक्तापूँजी आर्थिक बर्ष ०७३ /७४ सम्मको सञ्चित नाफाबाट बोनश सेयर जारी गरी पुर्याइने जनाएको छ । ०७३ /७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पूँजीको २३ प्रतिशत सम्म बाेनस सेयर जारी गर्न सक्ने क्षमता रहेको बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७३/ ७४ मा ८५ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यसअवधिमा बैंकले १८ अर्ब ३३ करोड निक्षेप संकलन तथा १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

बैकले केन्द्रिय कार्यालय सहित ५३ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दे आएको छ । बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्द लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । गण्डकीले निकट भविश्यमा नै विर्तामोड, विराटनगर, काठमाडौको सामाखुशी, र रुपन्देहीको अमुवामा शाखा सञ्चालन गर्ने तयारी गरेको बैंकले जनाएको छ । merolagani.com