दुबै मृगौला खराब भएका ३१ वर्षीय धनबहादुरको जिबन रक्षाका लागि सहयोग अपिल

विकल्प न्यूज/बेनी
साउन १९ गते ।

दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत श्रावन ६ गते देखि उपचारारत धौलागीरी गाउपालिका – ५ मल्कबांग का ३१ वर्षीय धनबहादुर बुढाथोकीको जीवन रक्षाका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । IMG-1768बैदेशिक रोजगारको लागि ३० महिना अघि साउदी अरब पुगेका बुढाथोकी दुवै मृगौलामा समस्या भएपछी एक महिना साउदी अरबमै उपचार गराएपछि स्वदेश फर्किएका हुन । नेपाल फर्के लगतै राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली स्थित भैरव भवन काठमण्डौमा भर्ना भएका उनको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ। हाल हप्ताको दुइ पटक हेमोडायलायसिस गराउदै आएकोमा अब हप्ताको तिन पटक सम्म डायलायसिस गराउन पर्ने स्थिति आउन सक्ने उपचारमा संलग्न डाक्टरहरुको सुझाब छ। डायलायसिस संग संगै बिशेष औषधी ईपिओ प्रयोग गर्दा खर्च बढी हुने गरेको बिरामीका बुबा लिल बहादुर बुढाथोकीले बताए।
बैदेशिक रोजगारको भरमा जीवन निर्बाह गर्ने हामी न्युन आर्थिक स्थिति भएको मान्छेले कसरी उपचार गर्न सक्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ । यस्तो गम्भिर प्रकारको रोग कसैको सहयोग बिना त के सम्भव छ र उनले भाबुक हुदै भने । यस्तो प्रकारको रोग लागेकाहरुलाई देश विदेशबाट सहयोग मिलेपछि उपचार हुने गरेको सुन्छु मेरो छोराको लागि पनि सहयोग मिल्छ भन्ने आशा अपेक्षा सहित सबै नेपाली दाजुभाइ दिदीबहिनी र आफन्तहरुमा अनुरोध गर्न चाहन्छु उनले भक्कानिदै भने ।

परिवारमा जिम्मेवार ब्यक्ती नै घातक रोगबाट कोमामा बस्न परेपछि छोराछोरीको शैक्षिक भबिष्य के हुने कसरि जिबन निर्बाह गर्ने भन्ने चिन्ताले सताएको हाल श्रीमानलाई स्याहार्न अस्पतालमा रहेका बिरामीका श्रीमती यानु बुढाथोकीले बताइन । उनीहरुको १२ वर्षीय एक छोरी कक्षा ५ मा ११ र ५ वर्षीय दुइ छोराहरु ५ र १ मा न्यु वेस्ट पोइन्ट बोर्डिंङ्ग स्कुल बेनीमा अध्यनरत छन् ।
कमाएर छोरा छोरीको उज्वल भविष्य बनाउने सपना अधुरै रहने भयो आफ्नो भन्दा बढी चिन्ता छोराछोरी र परिवारको लागेको धन बहादुरको भनाइ छ । दुवै मृगौला खराब भएको छ फेर्नु पर्छ भनेको छ नेपालमै प्रत्यारोपण गर्दा ८ देखि १० लाख सम्म खर्च हुन्छ रे त्यत्रो रकम कहाँ पाउने कसैको सहयोग मिलेन भने मर्ने त होला नि बर्बरी आँसु झार्दै धन बहादुरले भने ।
धनबहादुरको सहयोगको लागि राष्ट्रिय मृगौला उपचार केन्द्र र धौलागिरि गाउपालिक वडा ५ को कार्यालयले समेत सिफारिस गरेको छ । यसका साथै उनका आफन्त र साथीभाई मार्फत समेत विभिन्न सामाजिक संग संस्थाहरुमा सहयोग अपिल गर्ने काम भैरहेको बिरामीका भान्जा जिबन पुर्जाले जानकारी गराए । थप जानकारीका लागि बिरामी स्वयम् को मोबाइल नम्बर ९८०८३५६७५३ बिरामीका बुबा लिल बहादुर बुढाथोकी ९८०५१६६५३१ र बिरामीका श्रीमती यानु बुढाथोकी ९८०३३७७५८९ मा सम्पर्क गर्न र सिधै सहयोग गर्न सकिने बताइएको छ ।