धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ पठाइयो


विकल्प न्यूज/बेनी
असोज ३० गते ।

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणको क्रममा एकहप्ता अघि मृत्यु भएका ५ रुसी पर्वतारोहीको शव पठाइएको छ । बुधबार एभरेष्ट एयरको हेलिकोप्टरबाट धौलागिरि पुगेका शेर्पा सहितको उद्दार टोलीले शवहरु संकलन गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

उद्दारकर्ताहरुले आरोहीको शव ७६०० मिटरबाट आधार शिविरसम्म ल्याएका थिए । हेलिकप्टरबाट उनीहरूको शव दुई पटकमा हेलिकोप्टरबाट काठमाडौँ पु¥याइएको उहाँले जानकारी दिनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
हेलिकोप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *