अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने


विकल्प न्यूज
असोज २९ गते ।

अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।
विश्वभर छरिएर रहेका पर्वतेलीहरु बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्न शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अन्न्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्यले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम अनलाइन (जुम) मार्फत हुने छ । विश्वरभर छरिएका पर्वतेलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *