राष्ट्रिय समाचार
पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज
विकल्प न्यूज/काठमाण्डौं जेठ २६ गते । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]
बेनी नगर कार्यपालिकाको पहिलो वैठकका निर्णय सार्वजनिक
विकल्प न्यूज\बेनी जेठ २४ गते । बेनी नगरपालिकाको पहिलो नगर कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । जेठ २३ गते सोमबार कार्यपालिकाको पहिलो वैठक वसेको थियो । पहिलो वैठकले विभिन्न १६ वटा निर्णयहरु गरेको कार्यपालिकाका प्रवक्ता एमव् वडा नम्बर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले नगर क्षेत्र भित्रका मजदुरहरुको समस्या समाधान गर्न […]
जिसस म्याग्दीको निर्वाचन असार ५ गते हुने
विकल्प न्यूज/बेनी जेठ २४ गते । जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगमी असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार ५ गते आइतबारका दिन निर्वाचन गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी […]
बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन
विकल्प न्युज/ बेनी जेठ २३ गते । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेश श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत भोली सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले विभिन्न […]
१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम
विकल्प न्यूज/बेनी जेठ २१ गते । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ […]
पर्वतका ३१ बर्षीय न्यौपानेले गरे सगरमाथाको सफल आरोहण
विकल्प न्यूज/पर्वत जेठ २१ गते । पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्। देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश […]
सूर्यनारायण पुरस्कारबाट तुलप्रसाद र प्रकाश श्रेष्ठ सम्मानित
विकल्प न्यूज/बेनी जेठ २१ गते । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले बेनीका दुईजनालाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्धय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र […]
रोजगार मेलाको तयारीमा गण्डकी प्रदेश सरकार
कास्की, जेठ २० गते । गण्डकी प्रदेश सरकारले दक्ष युवालाई लक्षित गरी रोजगार मेलाको तयारी गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सो मेलाको आयोजना गर्न लागेको हो । सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष, योग्य र शिक्षित युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरूप मेला आयोजना गर्न लागेको बताउनुभयो । “यो त सुरुवात मात्रै हो, प्रदेश सरकारले श्रम […]
बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया
विकल्प न्यूज/बेनी जेठ १९ गते । सामाजिक विकास कार्यालयको आयोजनामा विहिवार बेनीमा बाल संजाल परिचालन सम्वन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित गर्ने सीप […]
चासोका साथ हेरिएको बेनी नगर कार्यपालिकाको पहिलो वैठक कहिले ?
विकल्प न्यूज/बेनी जेठ १९ गते । जिल्लाको एकमात्र बेनी नगरमा कार्यपालिकाको पहिलो वैठक कहिले होला भन्ने आम नगरवासीको चासो छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुको पहिलो वैठकले के कस्ता निर्णयहरु गर्ला भनेर स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुले चासोका साथ हेरेका छन् । नगर कार्यपालिकाको पहिलो वैठक यही जेठ […]
मालिकामा विषयगत समिति गठनमा काँग्रेस र माओवादीबीच विवाद
विकल्प न्यूज/बेनी जेठ १९ गते । मालिका गाउँपालिकाको पहिलो गाउँसभामा विवाद उत्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र दरबाङमा बसेको गाउँसभामा जनप्रतिनिधिकाहरुकाबीच विवाद उत्पन्न भएपछि गाउँसभा स्थगित हुनपुगेको छ । पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विभिन्न विषयगत समितिहरुको गठनको प्रस्ताव पेश गरेपछि काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुकाबीच आपसी विवाद हुँदा गाउँसभा स्थगित हुन पुगेको हो […]
शैक्षिक समस्या बुझ्न र सुझाव लिन जलजलाका अध्यक्ष विद्यालयमा
विकल्प न्यूज\जलजला जेठ १९ गते । पर्वतको जलजला गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको समस्या बुझ्न र सुधारका लागि सुझाव संकलन गर्न पालिका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय अनुगमन थाल्नुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष आचार्य सहित जनप्रतिनिधिहरुको टोलीले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अनुगमन गरी सुझाव संकलन थाल्नुभएको हो । सामुदायिक विद्यालयको भौतिक […]
धवलागिरी गाउँपालिकाले आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको शैक्षिक जनशक्ती उत्पादनमा प्राथमिकता दिने गरी विभिन्न योजना अन्तरगत उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको लगानीमा पढाउने निर्णय गरेको हो । अध्यक्ष […]
धवलागिरीमा आइतबार कुनैपनि कार्यालय बन्द नहुने
विकल्प न्युज/ बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी […]
अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा […]