सूर्यनारायण पुरस्कारबाट तुलप्रसाद र प्रकाश श्रेष्ठ सम्मानित

विकल्प न्यूज/बेनी
जेठ २१ गते ।


सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले बेनीका दुईजनालाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्धय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठ द्धयलाई जनही २० हजार रुपियाँ राशिको पुरस्कार सहित दोसल्लाले सम्मान गर्नुभएको हो । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ को पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ ।

सम्मानित श्रेष्ठद्धय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्धय बेनीको कला र लोकसंस्कृतिको संरक्षण,विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ ।

बेनीका स्वर्गीय सूर्यनारायण श्रेष्ठको स्मृतिमा २०४८ सालमा उहाँका परिवारले स्थापना गरेको पुरस्कारबाट भैरबहादुर श्रेष्ठ, टीकाबहादुर श्रेष्ठ, दीपबहादुर खड्का, धनकुमारी थापा, रत्नप्रसाद श्रेष्ठ, ठाकुरप्रसाद पराजुली, वीरबहादुर कार्की, खड्ग गर्बुजा, होमनाथ सुवेदी, लक्ष्मीप्रसाद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ र धु्रवलाल शर्मा,अंगद श्रेष्ठ, खगेन्द्र मिलन र डा. कर्णबहादुर बानियाँ यस अघि सम्मानित भइसक्नुभएको छ । संस्थाले प्रत्येक दुईवर्षमा लोकसंस्कृति,कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्य नारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।


साथै सूर्य नारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन समेत बिमोचन गरिएको छ । कार्यक्रममा संस्थाद्धारा यसअघि सम्मानित व्यक्ति ध्रुवलाल शर्मा, नेपाल भाषा मंकाखलका अध्यक्ष तथा पुरस्कार छनौंट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ र सम्मानीत व्यक्तित्व प्रकाश श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष सुवर्ण कुमार श्रेष्ठको अध्यक्षता,संस्थाका सचिव अजयमिलन श्रेष्ठको सञ्चालन संस्थाा संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कलाकारहरुले जिवनी गीत प्रस्तुत गरेका थिए । हाल संस्थाको अक्षयकोषमा तिनलाख पचास हजार रुपियाँ रहेको संस्थाका कोषाध्यक्ष ज्ञनेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।