राष्ट्रिय समाचार
जिप दुर्घटना अपडेट ः ६ जना घाइते बेनी अस्पतालमा उपचारपछि घर फर्किए
विकल्प न्यूज\बेनी कात्तिक ३० गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ भुर्तुलाको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यात्रु लिएर मल्लाज चोकबाट हिडेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास […]
दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी
ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]
एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुहोस्, विकास लिएर आउँछौँ’
विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ र अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा आयोजित चुनावी आमसभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार […]
म्याग्देली जनताको माझमा लोकप्रिय छवि बनाउन सफल नेता श्रेष्ठ
विकल्प न्यूज/बेनी कात्तिक २८ गते । मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले चुनावी मैदानमा होमिएका मध्ये मुख्य रुपमा दुई जनाको बीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस म्याग्दीका खमबहादुर गर्बुजा (खम्बीर) तथा नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको बीचमा प्रतिस्पर्धा हुनेछ । बेलायती सेनाबाट सेवानिवृत्त […]
म्याग्दीमा विकासको लहर ल्याउँछौं ः गठबन्धन उम्मेदवार
विकल्प न्यूज/बेनी कात्तिक २८ गते । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए । बेनी नगरपालिका […]
‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमाले उम्मेदवारको घोषणा
विकल्प न्यूज/बेनी कात्तिक २८गते । म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने एमाले उम्मेदवारद्वयले घोषणा गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूले निर्वाचन जितेमा म्याग्दी […]
धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा
विकल्प न्यूज/बेनी कात्तिक २६ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने बताउनुभएको छ । शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा […]
म्याग्दीमा मतदान अधिकृतलाई तालिम सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक २६ गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबार देखि तालिम दिन थालिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरुलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचन सम्बन्धि अभिमूखीकरण दिन थालिएको हो । बेनी बजार स्थित बेनी सामुदायिक विद्यालयको […]
बेग र भगवतीमा गठबन्धनको आमसभा
म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् । सभामा […]
समृद्ध जिल्ला बनाउने संकल्प छ,हामीलाई भोट दिनुहोसः एमाले उम्मेदवार
विकल्प न्यूज\बेनी कात्तिक २४ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभामा उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, […]
गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा
विकल्प न्यूज\बेनी कात्तिक २३ गते । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धनले बुधबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनलाइ मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले उत्तरी […]
मालिका र रघुगंगामा एमालेको चुनावी सभा
विकल्प न्यूज\बेनी कात्तिक २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । […]
निर्वाचनका लागि कर्मचारी खटाउँदा प्रशासनले असमानपूर्ण व्यवहार गरेको गुनासो
विकल्प न्यूज/बेनी कात्तिक २३ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्मचारी छनौंट र परिचालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनियमितता गरेको गुनासो सुनिन थालेको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा प्रशासनले मनलाग्दी गरेको गुनासो आएको हो । जिल्ला […]
गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह
विकल्प न्यूज\बेनी कात्तिक २२ गते । मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान […]
पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा
विकल्प न्यूज\बेनी कात्तिक २२ गते । नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा […]