राष्ट्रिय समाचार
धवलागिरीको नीति “गाउँमै बसौ, यही उद्यम गरौ”
विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाले विदेशबाट फर्केका बेरोजगार युवाहरुको उद्यम विकास, आयआर्जन र व्यवसायमा जोड्न “गाउँमै बसौ, यही उद्यम गरौ” भन्ने कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यसका लागि अल्लो र कागज उद्योग सञ्चालन गर्न अनुदान दिने कार्यक्रम अगाडि सारेको छ । धवलागिरीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि विहिवार […]
रघुगंगाले पारित ग¥यो ४३ करोड बढीको बजेट
विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । उक्त बजेट सामाजिक […]
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको […]
मालिकाको नीति ः ‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’
विकल्प न्यूज\बेनी असार ६ गते । म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी […]
जनगणनाअनुसार म्याग्दीको प्रमुख नतिजा सार्वजनिक
विकल्प न्यूज/बेनी असार ६ गते । तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो । २०७८ सालमा गरिएको म्याग्दी जिल्लाको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल […]
मालिकाले पारित ग¥यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार पालिकाको केन्द्र दरबाङमा सुरु भएको गाउँसभाको १३ औं अधिवेशनले पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय […]
राष्ट्रिय सहकारी बैंकद्वारा गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत
बागलुङ, ५ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट भएका सहकारीहरुलाई सोमबार पोखरामा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे र बैंकका अध्यक्ष के.बी.उप्रेतीले पुरस्कृत संस्थाका पदाधिकारीहरुलाई प्रशंसापत्र सहित […]
गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको […]
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज\बेनी असार ३ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आर्थिक […]
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
विकल्प न्यूज/बेनी असार ३ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०\०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाहका वारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरवासीहरुबाट सुझाव संकलन […]
बीस महिनाको काम चार महिनामै
विकल्प न्यूज/बेनी असार ३ गते । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो […]
अन्नपूर्णको दोबामा अस्पताल भवन निर्माण
ठाकुरप्रसाद आचार्य/बेनी असार १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभुत तहको अस्पताल संचालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो । सरकारले तिनवर्ष अघि स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अघि सारेको थियो । अपाङ्गमैत्री पाँच […]
पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष खड्कालाई मातृशोक
विकल्प न्यूज/बेनी असार १ गते । पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्कालाई मातृशोक परेको छ । खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६ घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि बिहीबार उहाँलाई फिर्ता […]
प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश
विकल्प न्युज/ बेनी म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो म्याग्दीका न्यायाधीश कृष्णप्रसाद […]
‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम
बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन […]