राष्ट्रिय समाचार
‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

विकल्प न्युज / बेनी पुस १५ गते । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत […]
कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी, पुुस १५ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको […]
लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक […]
किसानी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य […]
एमालेले गण्डकीका सवै जिल्लामा चैतभित्र जिल्ला अधिवेशन गर्ने

विकल्प न्यूज/बेनी पुस १४ गते । नेकपा एमाले गण्डकी प्रदेशले आगामी चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ। पोखरामा सम्पन्न गण्डकी प्रदेश कमिटीको पहिलो बैठकले प्रदेशमा रहेका ११ जिल्लाको अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए। बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र सम्पन्न गरी चैतभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय […]
राहुघाटमा डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

१४ पुस, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्रयाउने उने पोखरी) निर्माणका लागि शुक्रबार राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको […]
दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

म्याग्दी, १४ पुस । म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ […]
म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीको जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले अन्य पदाधिकारहरु पनि सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ । यसैगरी कानूनी सल्लाहकारका कुमार बानियाँ,वरिष्ट कार्यकारिणी उपाध्यक्ष दिनेशकुमार विश्वकर्मा,कार्यकारिणी उपाध्यक्षहरु अमीर श्रेष्ठ,उपाध्यक्ष,कृष्णप्रसाद पौडेल,महासचिव […]
आँखा अस्पतालको भवन बनाउन रोकाद्वारा दुई कराेड पचास लाखको जग्गा दान

विकल्प न्यूज / बेनी पुस १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई […]
बागलुङ महोत्सवः महिला भलिबल सुरु

विकल्प न्यूज/बेनी पुस १३ गते । सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।प्रतियोगिताको पहिलो खेलमा प्रेम दाईको रेष्टुरेण्ट तंग्रामले धौलागिरी बहुमुखी क्याम्पस बागलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । तंग्रामले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो […]
मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा […]
धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

विकल्प न्यूज/बेनी पुस १२ गते । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो । क्लबले आधार शिविरमा […]
बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष सुरु हुन्छ–सांसद भण्डारी

बेनी, ११ पुष । म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुलडाडा र औलामा बुधबार जनभेटघाटका क्रममा नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुभएका सांसद भण्डारीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था […]
पूर्वाधारको पखाईमा बरंजाको पर्यटकीय स्थल गाम्फा धुरी

विकल्प न्यूज\बेनी पुस ११ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ । वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, […]
सातौं बागलुङ महोत्सवको तयारी पुरा

ठाकुरप्रसाद आचार्य बागलुङ ,पुस १० गते । भोली देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको भोली बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने भएको छ । महोत्सव उद्घाटन गर्न बुधबार विहान राष्ट्रपति पौडेल बागलुङ आउने कार्यक्रम तय भएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन बुधबारदेखि […]