ताजा समाचार:
Search

दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

म्याग्दी, १४ पुस ।

म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।

दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पूँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ ।

सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानकारी दिनुभयो । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ ।

अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले केही सहकारीको कमजोरीले राम्रा सहकारीलाई पनि चुतौनी दिएको उल्लेख गर्दे संस्थालाई बलियो बनाएर लैजान संचालक समिति तथा शेयरसदस्यहरु पनि सक्रिय रहन आग्रह गर्नुभयो । साथै गौचनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव समेत दिनुभयो ।

साधारणसभामा सहकारीका सल्लाहकार एवम बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्य र सञ्जु बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सहकारीले बचत र क्रृणको मात्र काम नगरि मुष्ठीदान, सदस्य संरक्षण योजना, सुत्केरी भेटघाट, एकल महिला सम्मान, दम्पति सम्मान, विभिन्न दिवसीय कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थिती थियो ।