राष्ट्रिय समाचार
प्रवासी पर्वतेलीको सहयोगमा लस्तीका बाढीपीडितलाई घर निर्माण
विकल्प न्यूज/लस्ती कार्तिक ९ गते । रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका ७ धाईरिङ लस्तीका पहिरो पीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातीको वर्षतका कारण पहिरोले क्षेति पु¥याएर विस्थापित जलजला गाउपालिका ७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्त्रण गरीएको हो । धाईरिङ वास्वोट घर भई रोजगारीको शिलशिलामा […]
सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]
दसैंको शुभकामना (सम्पादकीय)
विकल्प न्यूज/बेनी असोज ३१ गते । प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता […]
दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण
विकल्प न्यूज/बेनी असोज ३१ गते । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय […]
म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो
विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक भिडियो बनाउनुभयो । […]
शान्तिकोषलाई मोना फ्रान्सद्धारा ३ लाख सहयोग
विकल्प न्यूज/बेनी असोज २९ गते । रोजगारीको शिलशिलामा फ्रान्समा रहेका म्याग्देलीहरुले गठन गरेको मोना फ्रान्सले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ३ लाख रुपियाँ सहयोग गरेका छन् । सहयोग जुटाउन युरोप भ्रमणमा निस्केको शान्तिकोषको टोलीलाई मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र अन्य पदाधिकारीहरुले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन । कोषको विधान अनुसार […]
मंगलाको वडामा नेकपाको संयन्त्र
विकल्प न्यूज/बेनी असोज २८ गते । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ । जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो । कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल बि.क, केशव शेरपुञ्जा, […]
वडा तहमा नेकपाको संयन्त्र गठन
विकल्प न्यूज/बेनी बेनी २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण,मंगला र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा सयन्त्रको गठन गरेको […]
जलजलामा नेकपाको वडास्तरीय संयन्त्र गठन
विकल्प न्यूज/बेनी असोज २८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले उत्तरी पर्वतको जलजला गाउँपालिकाका सवै वडामा वडास्तरीय पार्टी संयन्त्र गठन गरेको छ । पार्टी एकताको सन्देशलाई तल्लो तह सम्म पु¥याउनका लागि वडा स्तरमा संयन्त्र गठन गरिएको नेता लालबहादुर अधिकारीले बताउनुभयो । जिल्ला संयन्त्रका सदस्य पदमपाणी शर्मा र सुदिप कुँवरको उपस्थितिमा सम्पन्न पालिका स्तरीय संयन्त्रको वैठकले […]
म्याग्दी उद्दार समिति बहराइनद्धारा डेढलाख भन्दा वढी सहयोग हस्तान्तरण
विकल्प न्यूज/बेनी असोज २८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्दार समिति बहराइनले आइतवार डेढलाख रुपियाँ भन्दा वढी आर्थिक सहयोग प्रदान गरेको छ । रघुगंगा गाउँपालिका ४ दग्नाम घर भई बहराइन स्थित बुकामल कम्पनीमा कार्यरत अग्नी पीडित धनबहादुर तिलिजालाई बेनीमा आयोजित कार्यक्रमका विच समितिले एकलाख ६१ हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेको हो । बहराइनमा […]
म्याग्दी उद्दार समिति बहराइनद्धारा पत्रकार गौतम सम्मानीत
विकल्प न्यूज/बेनी असोज २८ गते ।रोजगारीको शिलशिलामा बहराइनमा पुगेका प्रवासी म्याग्देलीहरुले गठन गरेको संस्था म्याग्दी उद्दार समिति बहराइनद्धारा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित हुनुभएको छ । आइतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार गौतमलाई संस्थाका अध्यक्ष लोक राम्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले नगद ११ हजार एकसय १५ रुपियाँ सहित दोसल्ला […]
अन्नपुर्ण क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्न सांसद थापा समक्ष स्थानीयको माग
सन्दिप शर्मा/म्याग्दी असोज २८ गते । प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापालाई अन्नपुर्ण गाउपालिका बासिन्दाले पर्यटन पुर्वधारको विकास गर्न माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लजमा खानेपानीको समस्या भएको र पर्यटकहरु हिड्ने पदमार्ग तथा मोटरबाटो सुधारका लागि माग राखेका छन् । अन्नपुर्ण […]
हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो
म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]
तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]
गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ
विकल्प न्यूज /बेनी असोज २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका […]