लभ्लीहिलमा पार्क निर्माणको तयारी

विकल्प न्युुज /बेनी
माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो .

समितिको सदस्यहरुमा यामबहादुर सुवेदी, चित्राकुमारी घिमीरे, कृष्णबहादुर सुवेदी, शिवजी शर्मा र प्रकाशबहादुर घिमीरे चयन हुनुभएको अनुगमन समितिका सदस्य याम खड्काले जानकारी दिनुभयो ।वडा अध्यक्ष हिराबहादुर थापाको संयोजकत्वा सल्लाहकार र ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ ।

बेनीको नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको मायालुडाँडामा हरियाली पार्क बनाउन वन डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।