विकल्प न्यूज/बेनी
माघ ३ गते । मालढुङ्गामा भएको बस दुर्घटनामा पर्वत जलजला गाउँपालिका ७ धाइरिङका मात्रै ४ जनाको मृत्यु भएको छ ।
विहिवार विहान बेनी देखि नारायणगढ लाई छुटेको ग १ ख ६१०८ नम्वरको बस मालढुङ्गाको माझी वस्ती नजिक दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ३ जनाको घटना स्थलमा र ४ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जलजजला ७ धाइरिङ मिलनचोकका जिवन विश्वकर्मा,धाइरिङ सल्यान घर भै हाल लस्तीमा वसोवास गर्नुहुने टिके परियार र उहाँको श्रीमति सेती परियार,जलजला ६ सालिजा घर भई हाल मिलनचोक बसोवास गर्नुहुने अनिसरा पुनको मृत्यु भएको ७ नम्बर वडा अध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिनुभयो ।
यसै गरी दुर्घटनामा घाइते हुनेहरु जलजला ७ घर भई हाल बेनी नगरपालिका ८ शिक्षा मार्गमा पसल गर्नुहुने बालकृष्ण शर्मा(सेतु),जलजला ५ लेखफाँट घर भई हाल मिलनचोक वस्ने अनिता सुवेदी,मिलनचोकका २२ वर्षीय कमल पौडेल,शिक्षिका विषमाया पुन घाइते हुनुभएको छ।
बालकृष्ण र अनिताको पोखरा स्थित मनिपाल अस्पतालमा उपचार भइरहेको छ । उहाँहरु खतरामुक्त हुनुहुन्छ अस्पतालमा पुग्नु भएका सल्यानका राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य घाइतेहरुको पनि मनिपालमै उपचार भइरहेको छ । उहाँहरु पनि खतरा मुक्त भएको भन्ने चिकित्सकहरुले बताएका छन् पौडेलले भन्नुभयो ।
यसै गरी नेपाली सेनामा कार्यरत धाइरिङ सल्यान विरौटाका किष्ण पौडेल सहित उहाँको श्रीमती लक्ष्मी पौडेल र छोरा÷ छोरी पनि दुर्घटनामा परि घाइते हुनुभएको छ ।
किष्णको श्रीमति लक्ष्मी पौडेलको पोखरा मनिपालमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भिर रहेको छ । टाउकोमा गहिरो चोट लागेको छ । उहाँको अप्रेशन गरिएको छ ।
यतिखेर आइसियुमा राखेर उपचार भइरहेको राजुले जानकारी दिनुभयो । भने किष्ण सहित छोरा र छोरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पु¥याइएको छ ।
किष्ण र दुई छोराछोरी खतरा मुक्त रहेको वडा अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
किष्ण सहित उहाँको परिवार नारायणगढ हिडेका थिए । उहाँहरु मिलनचोकबाट बस चढेका थिए । धाइरिङ यतिखेर शोकमा ढुबेको छ ।