विकल्प न्यूज/बेनी
माघ ४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ३ गते बिहिबार सम्पन्न कार्यक्रममा म्यग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरि नायब उपरिक्षक बीरबहादुर बुढामगरले यस बिषयमा जानाकारि प्रदान गर्नु भएको थियो ।
लिङ्ग र लैङ्गिकता, लैङ्गिक बिभेद्का कारणहरु, महिला हिंसा, त्यसका कारक लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारीले प्रकाश पार्नु भएको थियो । भने हिंसा र त्यसका प्राबिधिक पक्ष र कानुनी प्रक्रियाबारे प्रहरी नायब उपरीक्षक बिर बहदुर बुढामगरले प्रकाश पार्नु भएको थियो ।
कक्षा ८ र ९ का २३० जना विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले उठाएका प्रश्न र जिज्ञासाको प्रबक्ता द्वय अधिकारी र बुढामगरले जवाफ दिनु भएको थियो । साथै प्रनाउ बुढामगरले लागु औषध दुब्र्यसन, यसका कारक र यस बिषयमा म्याग्दीको अबस्था समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले समग्र कार्यक्रमको बारेमा टिप्पण्ीा गर्नु भएको थियो ।
कार्यक्रममा फाउण्डेसनका संस्थापक निर्देशकहरु सुबाशकुमार श्रेष्ठ, यज्जनलाल शाक्य शिवकुमार श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरि विद्यालयका प्रिन्सिपल बीणा झा, भाईस प्रिन्सिपल सरोज लकान्द्रि, म्यानेजिङ्ग कोर्डिनेटर सैलेश श्रेष्ठ र कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कक्षा ९ का अनुसुया श्रेष्ठ र सन्तोष घर्ति मगरले पुष्पगुच्छा सहित स्वागत गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा प्रबक्ता द्वय लाई अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले मायको चिनो प्रदन गर्नु भएको थियो । कार्यक्रमको संयोजन शिक्षक कृष्ण जिसिले गर्नुभएको वेष्ट पोइन्ट मिडिया हबले जनाएकोछ ।