राष्ट्रिय समाचार
मालिकामा सम्पन्न ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयलाई कति पदक ?

साधन राम्जाली/विकल्प न्यूज दरबाङ,फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग देविस्थानले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि हात पार्न सफल भएको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण […]
घलेम्दी हाईड्रोपावरको कारोबार सुरु

विकल्प न्यूज/बेनी फागुन ५ गते । घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ। नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल (GHL) कारोबार संकेत प्रदान गरेको छ। यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। आइतबार यसै न्यूनतम १०० […]
जनप्रिय मावि दरबाङलाई कवड्डी तर्फ छात्र तथा छात्राको उपाधि

साधन राम्जाली/दरवाङ फागुन ५ गते । मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवड्डी खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी […]
सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई एलइडी टेलिभिजन

विकल्प न्यूज बेनी फागुन ५ गते । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष जिवन बहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायब उपरिक्षक बिर […]
भारतको नयाँ दिल्लीमा उपचारत सियानालाई थप सहयोग आवश्यक

विकल्प न्यूज/बेनी फागुन ५ गते । भारतको नयाँदिल्ली स्थित सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी सियाना रन्तीजा पुनको थप उपचारका लागि सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपुर्ण गाउपालिका– ७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो । ९ महिनाकी सियानाको कलेजोमा समस्या देखिपछि उनलाई बचाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषका […]
थाइवाङका घरघरमा खानेपानी

सिजन रोका/विकल्प न्यूज थाइवाङ ४ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । ७२ लाख ५८ हजार ६८८ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र […]
जमुना सुनारलाई सहयोग जुट्दै

विकल्प न्यूज/बेनी् फागुन ४ गते । बुबा आमा दुबैले दोस्रो बिबाहा गरेर गएपछि हजुरआमासंग चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएका दुई भाइ र तिनीहरुकी हजुरआमा ७५ वर्षिया जमुना सुनार लाई शनिवार बेनी नगरपालिका २ भकुण्डेका भीमवहादुर पौडेलले खाद्यान्न,स्टेशनरी र खाजा सहयोग गर्नुभएको छ । छोरा बुहारीले छोडेर गएपछि बालुवा चालेर र अरुको ज्याला मजदुरी गरेर नातिहरुलाई […]
अभिभावक भेलासहित उसु खेलाडीको ग्रेडिङ

विकल्प न्यूज/बेनी फागुन ४ गते । दुईवर्ष अगाडि स्थापना भएको जिल्ला उसु संघ म्याग्दीको आयोजनामा उसु खेलाडीहरुको ग्रेडिङ शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । म्याग्दी जिल्लामै पहिलोपटक उसु खेलका खेलाडीका अभिभावहरुको भेलासहित गरिएको उसुको ग्रेडिङमा उसु खेलाडीका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध ४४ जनाको ग्रेडिङ गरिएको म्याग्दीका उसु […]
मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो । कार्यक्रममा मराङ र मल्कवाङका बासिन्दाहरुलाई गाउँपालिकाको […]
मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला प्रशासन कार्यालयको […]
मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

साधन राम्जाली /विकल्प न्यूज फागुन ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश […]
जमुनाका परिवारलाई जापानबाट सहयोग

विकल्प न्यूज/बेनी फागुन ३ गते । कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्न बाध्य बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारको परिवारलाई शुक्रबार जापानबाट सहयोग प्राप्त भएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा बस्दै आएकी ७५ वर्षीया सुनारलाई बेनपा २ गौस्वाँरा घर भई हाल जापानमा रहनुभएका राजकुमार र शोभा […]
ट्रान्सफर्मरमा क्षति पुगेपछि भकिम्लीमा विद्युत अवरुद्ध

विकल्प न्यूज/बेनी फागुन ३ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा बिहीबार राती चट्याङ पर्दा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको छ । भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पु¥याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय प्रशारण लाइनको विद्युत […]
मराङमा घुम्ति शिविर सञ्चालन हुने

विकल्प न्यूज/बनी फागुन २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न […]
गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल

विकल्प न्यूज/बेनी फागुन २ गते । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो । ४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग्लो भएको गलेश्वर शिवालय क्षेत्र विकास […]