राष्ट्रिय समाचार

गुर्जालीलाई अवसर ः असोज २० मा एकिकृत घुम्तीशिविर

विकल्प न्यूज/बेनी भदौं ५ गते । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्तीशिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक रुपमा विकट गुर्जाका स्थानीयहरुलाई […]

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गत हप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा […]

भ्रमण वर्षलाई साथ दिने म्याग्दी सहकारीको निर्णय

गोपाल छन्त्याल/बेनी भदौं ४ गते । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ ।  रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७ बुदें बार्षिक कार्ययोजना […]

बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा कटान गरेको […]

कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा

विकल्प न्यूज/बेनी भदौं २ गते ।       कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि […]

थापाद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ ।  म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतिमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको […]

थामडाँडाका घरघरमा खानेपानीका धारा

विकल्प न्यूज/बेनी म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम लगानीमै निर्माण भएको […]

नयाँ कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड

विकल्प न्यूज/बेनी भदौं १ गते ।   आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । म्याग्दी जिल्ला अदालतले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले न्याय र कानुनका क्षेत्रमा ऐतिहासिक फड्को मारेको दिनका रुपमा भदौं १ लाई लिनुपर्ने बताउँदै कानुनलाई कार्यान्वयन गर्नका लागि सवै क्षेत्रको […]

गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने […]

जलजलाको लस्तीबजार जोखिममा

विकल्प न्यूज/जलजला साउन ३० गते । लस्ती खोलामा आएको बाढीका कारण पर्वतको लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए […]

कालीगण्डकीले विद्यालय भवन बगायो

विकल्प न्यूज /बेनी साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् […]

बेनी–जोमसोम सडक सूचारु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २९ साउन ।दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ लागेका […]

बेनीमा शक्तिशाली बम बिस्फोट

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट दिनभर लामो तथा छोटो दुरीमा चल्ने सवारी […]

मंगलामा पार्क निर्माणका लागि करिव ४० लाखको जग्गा सहयोग

विकल्प न्यूज/बेनी साउन २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका २ का क्याप्टेन इन्द्रबहादुर अधिकारीले बालबालिका तथा ज्येष्ठ नागरिक पार्क बनाउनका लागि करिब ४० लाख वरावरको जग्गा गाउँपालिकालाई निशुल्क रुपमा सहयोग गर्नुभएको छ । बाबियाचौर घर भई हाल काठमाण्डौं वसोवास गर्नुहुने अधिकारीले बावियाचौर बजार देखि पोक जाने पुल छेवैको ३ रोपनी १५ आना, तिन दाम १ […]

“डोजरे” विकासको परिणाम ः पहिरो, भुक्षय र कटानको जोखिम

रघुगंगा गाउँपालिका ६ पाखापानीको कमनाथमा खसेको पहिरो पार गर्दै प्रजिअ लिलाधर अधिकारी, प्रनाउ बिरबहादुर बुढा लगायत सुरक्षाकर्मीहरु । तस्विर सन्तोष गौतम उपकरणको कम्पनले खलबलिएको जमिन बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासीने, भुक्षय हुने, नदीमा बाढीको आयटन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण […]