राष्ट्रिय समाचार
झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

विकल्प न्यूज/बेनी जेठ ७ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र पाखापानीमा वडा कमिटि […]
रघुगंगाका गाउँगाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी जेठ ७ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपियाँ बजेट विनियोजन गरेको छ । खेलक्षेत्रको विकासका लागि गाउँपालिकाले खेलकुद मैदान निर्माण,मर्मत,तारझाली लगाउने र स्टेज निर्माण गर्न ८२ लाख ५५ हजार रुपियाँ विनियोजन गरेको हो । विनियोजन गरेको यो ठूलो रकम हो । गाउँपालिकाका सवै वडाहरुमा व्यवस्थित […]
रायखोरका शिक्षिकाले बनाए गाउँमा नमुना विद्यालय (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ७ गते । रायखोर/ देशभरका सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदो छ । शैक्षिक गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम तिव्र छ । तर जिल्लाको एक अति दुर्गम गाउँको एक विद्यालय भने संस्थागत विद्यालय भन्दा कुनै कम छैन । शैक्षिक गुणस्तर र व्यवस्थापनका हिसाबले उक्त विद्यालय अब्बल […]
दरवाङमा होटल व्यवस्थापन सम्बन्धी तालिम सुरु

विकल्प न्यूज/दरवाङ जेठ ७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा होटल व्यवस्थापन तालिम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरि प्राविधिक शिक्षालय मुस्ताङको प्राविधिक सहयोगमा सोमबार देखि दुइहप्ते आधारभूत होटल व्यवस्थापन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पछिल्लो समयमा दरवाङ बजार विस्तारको क्रममा रहेको र होटल खुल्ने […]
नेपाल लेखापरिक्षक एशोसियशन म्याग्दीमा सुवेदी

विकल्प न्यूज/बेनी जेठ ६ गते । समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र केन्द्रिय प्रतिनिधिमा रामजी प्रसाद सुवेदीलाई चयन गरिएको छ । भेला जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।
जामुनाखर्क माविले जिल्लामा पहिलोपटक शैक्षिक महोत्सव गर्ने

विकल्प न्यूज/बेनी जेठ ६ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले जिल्लामा पहिलो पटक शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । शैक्षिक क्षेत्रको विकास र संभावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गर्न लागेको हो । “शिक्षा,विज्ञान,प्रविधि,कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ यहि जेठ १५ देखि १८ […]
मालिकाको देविस्थानमा एक हप्ते होमस्टे तालिम सम्पन्न

साधन राम्जाली /विकल्प न्युज बेनी जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो । तालिमको […]
म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

विकल्प न्यूज/बेनी जेठ ६ गते । म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि र पत्रकार सहितको टोलीले बेनी बजार,अन्नपूर्णको पोखरेबगर,भुरुङतातोपानी,रघुगंगाको मौवाफाँट,मंगलाको बावियाचौर,मालिकाको दरवाङ र […]
कुइनेमंगलेले ग¥यो असारे विकासको अन्त्य ः सवै योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ ६ गते । रघुगंगगा गाउँपालिकाको सवै भन्दा दुर्गम वडा नम्बर ८ स्थित कुइनेमंगलेका स्थानीयवासीहरुले असार विकासलाई अन्त्य गर्दै बैशाख मसान्त भित्र नै सवै योजना सम्पन्न गरेका छन् । चालु आर्थिक वर्षमा वडाबाट सिफारिस भई गाउँपालिकाबाट विनियोजित विकास योजनाहरु समयमै सम्पन्न भएका हुन । गाउँपालिकाबाट भौतिक पूर्वाधार र सामाजिक विकास तर्फका गरी ३७ वटा […]
नयाँ अभ्यासको सुरुवात ः रघुगंगामा टुक्रे योजना कटौती

विकल्प न्यूज/बेनी जेठ ६ गते । तस्विर योजना छनौंटमा शहभागी भएका गाउँपालिकाको दुर्गम ७ नम्बर वडा चिमखोलावासीहरु । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६÷०७७ का लागि एक वडा एक गौरबका योजना छनौट गर्न थालेको छ । टुक्रे योजनालाई निरुत्साहित गर्दै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन वडावासीहरुसँगको छलफलबाट न्यूनतम २५ लाख रुपियाँ […]
पदमार्ग भनेको यस्तो हुनुपर्दछ ः बेनी नगरपालिकाले सिक्ने की ! (भिडियो)

विकल्प न्यूज/बेनी जेठ ६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयवासीहरुले गाउँमा नमुना पदमार्ग निर्माण गरेका छन् । गाउँको शिरमा रहेको धार्मिक स्थल मण्डली थान पुग्नका लागि स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर करिब तिनसय मिटर पदमार्ग निर्माण गरेका हुन । ढुङ्गा कुनेर विच्छाइएको पदमार्ग आकर्षक छ । भिडियो ठाकुरप्रसाद आचार्य
मालिकामा भक्तजनको भीड

साधन राम्जाली /विकल्प न्युज दरबाङ, जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा […]
रघुगंगाका ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार

विकल्प न्यूज/बेनी जेठ ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर स्वस्थ्य सुविधा प्रदान गरेको छ । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ,अपाङ्ग र एकल महिलाहरुलाई घरआगनमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण र आयुर्वेद औषधि वितरण गर्न थालेको हो । ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र औषधि वितरणका लागि गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख कविराज निरिक्षक लक्षमण […]
बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा

विकल्प न्यूज/बेनी जेठ ४ गते । २६ सय ४३ औँ लुम्बीनी दिवस तथा २५ सय ६३ औं बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्तिपदयात्रा गरिएको छ । बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मुल समारोह समितिको आयोजनामा शनिवार बेनीमा शान्तिपदयात्रा गरिएको हो । बौद्ध धर्मालम्बीहरु,शिक्षक,विद्यार्थी,उद्योगीव्यवसायी र सर्वसाधारणहरु सहभागी भएको पदयात्रा बेनीको संगमचोकबाट सुरु भई बजारका विभिन्न भागहरुको परिक्रमा गरेर […]
तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी […]