कुइनेमंगलेले ग¥यो असारे विकासको अन्त्य ः सवै योजना सम्पन्न

विकल्प न्यूज/बेनी
जेठ ६ गते ।  रघुगंगगा गाउँपालिकाको सवै भन्दा दुर्गम वडा नम्बर ८ स्थित कुइनेमंगलेका स्थानीयवासीहरुले असार विकासलाई अन्त्य गर्दै बैशाख मसान्त भित्र नै सवै योजना सम्पन्न गरेका छन् । चालु आर्थिक वर्षमा वडाबाट सिफारिस भई गाउँपालिकाबाट विनियोजित विकास योजनाहरु समयमै सम्पन्न भएका हुन ।

गाउँपालिकाबाट भौतिक पूर्वाधार र सामाजिक विकास तर्फका गरी ३७ वटा योजनाका लागि ८१ लख रुपियाँ बजेट विनियोजन भएको गाउँपालिकाका योजना शाखा प्रमुख योग्रेन्द्र बानियाँले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माण तर्फका २५ योजना मध्य २२ वटा योजना सम्पन्न गरी उपभोक्ता समितिले भुक्तानी लिइसकेको उहाँले जानकारी दिनुभयो । वाँकी योजनाहरु पनि सम्पन्न भएका छन तर फरफारक हुन वाँकी रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गमान छन्त्यालले दिएको जानकारी अनुसार खेलमैदान,विद्यालय भवन,पदमार्ग निर्माण,सामुदायिक वनमा घेरावार, र स्वास्थ्य, शिक्षाका योजनाहरु सम्पन्न भएका छन् । लक्षित बर्गका लागि विनियोजित भएका ९ वटा योजना सम्पन्न भएको उहाँले बताउनुभयो । योजना कार्यान्वयनमा जनशहभागिता राम्रो जुट्ने गरेकाले समयमै योजना सम्पन्न गर्न संभव भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा असार विकासलाई अन्त्य गर्न गरी योजना कार्यान्वयनलाई तिव्रता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।