राष्ट्रिय समाचार

लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा

विकल्प न्यूज/बेनी चैत ८ गते । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गर्नुभएका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् । बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने भ्वाइस डिस्ट्रिक्ट गर्भनर पदका […]

धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

विकल्प न्यूज/बेनी चैत ८ गते । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । ्गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका लागि सिफारिस गरेको […]

हावाहुरीले राम्चे आधरभुत विद्यालय भवनमा आँशिक क्षति

विकल्प न्युज बेनी चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित भएको […]

म्याग्दीमा माध्यमिक परिक्षाको तयारी पुरा, सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था

विकल्प न्युज बेनी चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख […]

मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग

विकल्प न्युुज बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास […]

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा, अनलाइन व्यवस्था धेरैलाई थाहा छैन

विकल्प न्युज काठमाडौँ, चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी […]

चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु

गोरखा : पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ। बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवा मरेको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको उनले बताए। ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा […]

शान्ति कोषलाई पचास हजार सहयोग

विकल्प न्युज बेनी चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ । एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द्र पुर्जा पुनले पचास हजार रुपैयाँ सहयोग […]

जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

धु्रबसागर शर्मा /विकल्प न्यूज चैत ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेको फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल प्रतियोगिता,क्लवको नवनिर्मित भवन र […]

राजु पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी हाल हङकङमा बस्दै […]

गरिब र विपन्न उपचार कोषमा ५ लाख सहयोग

विकल्प न्यूज/बेनी चैत ६ गते । गरिब र विपन्नहरुको उपचारमा सहयोग पु¥याउनका जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषद्धारा स्थापित गरिब र विपन्न उपचार कोषमा एक एकदम्पत्तीले पाँचलाख सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ८ नागी स्थायी घर भई हाल हङकङमा रहनुभएका राजु पुनले आफ्नो धर्मपत्नीको नामबाट कोषलाई पाँचलाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुधबार कोषको सचिवालय […]

नेपालकी सबैभन्दा बलियी महिलाुको शक्तिको रहस्य के हो

विकल्प न्युज चैत्र ५ गते । नेपालकी सबैभन्दा बलियी महिला को होलिन्रु त्यसको वैज्ञानिक मापन सम्भवत भएको छैन। तर भारोत्तोलन खेलाडी तारादेवी पुनले नेपालकै ुसबैभन्दा बलियी महिलाुको उपाधि पाइसकेकी छिन्। कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेकी पुनको भार उठाउने कीर्तिमानलाई नेपालमा अहिलेसम्म अन्य महिला खेलाडीले तोड्न सकेका छैनन्। भारोत्तोलक पुनले विगत १७ वर्षदेखि लगातार […]

अब घरजग्गा लेनदेन गर्न लेखनदास नचाहिने

डिजिटल प्रबिधिबाट सबै काम आधा घन्टामा सकिने, भ्रष्टाचार नियन्त्रण हुने सरकारको विश्वास विकल्प न्युज /काठमाण्डौँ चैत्र ५ गते अब घरजग्गा खरिद–बिक्री गर्दा लेखनदास नचाहिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो । मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले […]

तेत्तिस वर्षमै सन्देश बने न्याय सेवाको सहसचिव

४ चैत,काठमाडौं ।  सरकारी जागिरमा प्रवेश गरेको दश वर्ष नपुग्दै सहसचिव बन्न सफल न्याय सेवाका एक कर्मचारी कम उमेरमा प्रथम श्रेणीको सरकारी अधिकारी बन्न पुगेका छन् । ३३ वर्षीय सन्देश श्रेष्ठ लोकसेवा आयोगको प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् । आयोगले न्याय सेवा, सरकारी वकिल समूहको सहसचिव पदमा श्रेष्ठलाई सोमबार सिफारिस गरेको सूचना निकालेको छ । आयोगले […]

उसु संघले ग¥यो खेलाडी सम्मान

विकल्प न्यूज/बेनी चैत ४ गते । जिल्ला उसु संघ म्याग्दीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार सम्मान गरेको छ । उसु संघ म्याग्दीका अनुसार गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदका लागि छनौट भएका अनिश अर्मजा र शुशिल श्रेष्ठ तथा रजत पदक प्राप्त गर्ने सुरज […]