उसु संघले ग¥यो खेलाडी सम्मान

विकल्प न्यूज/बेनी
चैत ४ गते ।

जिल्ला उसु संघ म्याग्दीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार सम्मान गरेको छ ।
उसु संघ म्याग्दीका अनुसार गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदका लागि छनौट भएका अनिश अर्मजा र शुशिल श्रेष्ठ तथा रजत पदक प्राप्त गर्ने सुरज पौडेल, दिपिका राई, अविश्ना शाही, मिलन थापा र कास्य पदक बिजेता अभिशेक बानियाँलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा खेलाडीका अभिभावक शिव खड्का तथा जिल्ला उसु संघमा आवद्ध खेलाडीहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा गत फागुन ४ गते बेनीमा सम्पन्न ग्रेडीङमा सहभागी खेलाडी मध्ये उत्तीर्ण हुने ४४ जना खेलाडीलाई जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुने, सल्लाहकार ठाकुर प्रसाद शर्मा, सचिव एवम् प्रशिक्षक विकल कँडेल लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा जिल्ला उसु संघका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले जिल्ला उसु संघ म्याग्दीले निकट भविष्यमै प्रदेश स्तरीय उसु प्रतियोगिता सञ्चालन गर्ने तयारी थालेको र जति सक्यो छिटो पत्रकार सम्मेलन राखेर खेलकुदको वारेमा जानकारी गराइने बताएका थिए ।