नेपालकी सबैभन्दा बलियी महिलाुको शक्तिको रहस्य के हो

विकल्प न्युज
चैत्र ५ गते ।
नेपालकी सबैभन्दा बलियी महिला को होलिन्रु त्यसको वैज्ञानिक मापन सम्भवत भएको छैन। तर भारोत्तोलन खेलाडी तारादेवी पुनले नेपालकै ुसबैभन्दा बलियी महिलाुको उपाधि पाइसकेकी छिन्।

कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेकी पुनको भार उठाउने कीर्तिमानलाई नेपालमा अहिलेसम्म अन्य महिला खेलाडीले तोड्न सकेका छैनन्।

भारोत्तोलक पुनले विगत १७ वर्षदेखि लगातार नेपालकी ुसबैभन्दा बलियी महिलाुको उपाधि जितिसकेकी छन्। उनको उपलब्धिलाई निकट भविष्यमैँ अरु कोही महिला खेलाडीले तोड्न सक्ने सम्भावना कम छ।

कसरी सुरु भयो खेल जीवन ?

३५ वर्षीया तारादेवी पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने बिकट हिस्तान गाउँमा जन्मिएकी थिइन्। खेती किसानी गर्ने बाबुआमाकी उनी चौथो सन्तान हुन्।उनी सानैदेखि खेलकुदमा रुची राख्थिन्। विद्यालय पढ्न थालेपछि भलिबल खेल्न थालिन्। पाँच फिट दुई इन्च अग्ली पुनले भलिबल खेलिरहिन्।

त्यसैले गाउँबाट जिल्ला तह हुँदै क्षेत्रीय खेलाडीको रूपमा पश्चिमाञ्चलबाट भलिबल खेलाडीको रूपमा राष्ट्रिय खेलकुदमा सहभागी हुने मौका पाइन्। २०५५ सालतिर उत्कृष्ट खेलाडी भएपछि उनको हौसला बढ्यो। देशमा बढेको अशान्तिका कारण खेल गतिविधि ठप्प भए।

उनी केही निरास भइन्। तर पछि एक साथीको सल्लाहमा भारोत्तोलनको तालिम लिन दशरथ रङ्गशाला जान थालिन्। २०५८ सालको चैतमा उनले महिला खेलाडीहरू मध्ये सबैभन्दा धेरै भार उठाएर सर्वोत्कृष्ट खेलाडी बन्न पुगिन्।

त्यसपछिको उनको भारोत्तोलन यात्रा रोकिएको छैन। निरन्तर सफल भइरहेकी छन्। वर्षैपिच्छे नेपालकै ुसबैभन्दा बलियी महिलाुको उपाधि जितिरहेकी छन्। उनले दक्षिण एशियाली र एशियाली खेलकुद प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्।

उनको बल कहाँबाट आउँछ ?
हाल काठमाण्डूको उत्तरी भेगमा बसोबास गर्दै आएकी पुन विदाको दिन बाहेक हरेक दिन भारोत्तोलनको तालिम र अभ्यास गर्न दशरथ रङ्गशाला जान्छिन्। म हरेक दिन अभ्यास गर्न रङ्गशाला जान्छु र दुई तीन घन्टा अभ्यास गर्छु। मैँले कति पसिना बगाएको छु त्यो मलाई मात्र थाहा छ।ू

 

त्यसैले होला उनको नतिजामा लगातार सुधार भइरहेको छ। १७ वर्षअघि उनको तौल ६३ किलोग्राम थियो। त्यतिबेला उनले ९५ किलोग्राम भार उठाइन्। अहिले उनको तौल ७५ किलोग्राम छ। उनी सहजै १७५ किलो उठाउछिन्।

भारोत्तोलनको नियमित अभ्यास गर्नको लागि उचित पोषण चाहिन्छ। खानपानमा विशेष ध्यान दिनु पर्छ। उनी त्यसै गर्छिन्। भन्छिन्, ूमाछा(मासु, फलफुल, सागसब्जीका त भयो नै। म बदाम, काजु र अन्य गेडागुडी खाने गर्छु। धेरै झोल कुरा र पानी पिउँछु। खानपिनमा म निकै ध्यान दिन्छु।ू

पुनका विचारमा नेपाली महिलाहरूले लगनशील भएर भारोत्तोलनका साथै अन्य खेलहरूमा पनि अझै राम्रो गर्न सक्छन्।उनले भनिन्, ूमहिलाहरूले आफू कमजोर छु भन्ने मानसिकता त्याग्नु पर्छ। महिला कमजोर छैनन्। उनीहरू अझै अघि बढ्न सक्छन्।ूनी नेपाल प्रहरीमा आबद्ध छिन् र त्यहि संगठनले उनलाई खेलमा लागिरहन प्रेरित गरेक बताउँछिन्। bbc.com