राष्ट्रिय समाचार

जलजला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

विकल्प न्यूज/जलजला माघ २७ गते ।   जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जनप्रतिनिधि तथा सेवाग्राहीहरूलाई अनुरोध गरे । अध्यक्ष मल्लले गाउँपालिकाको भवन […]

नेपाल फर्काइने विद्यार्थीको हेरचाहमा ६० स्वास्थ्यकर्मी खटाइँदै

माघ २७, २०७६ काठमाडौं : यसै हप्ता चीनको कोरोना भाइरसको उच्च संक्रमण  रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ। यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई […]

नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका […]

अख्तियारले काँग्रेस नेतालाई फसाएको भन्दै बेनीमा विरोध कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही […]

कुश्माको शिवालय चोकमा बसको ठक्करबाट एक युवकको मृत्यु

२६ माघ, पर्वत । पर्बतको सदरमुकाम कुश्माको शिवालयचोकमा आज दिउँसो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर फगामी पुनलाई ठक्कर दिदाँ उनको उपचारको क्रममा ज्यान गएको हो ।  मुस्ताङबाट पोखरा जाँदै गरेको बसले दिउँसो १२ बजेर ४५ मिनेट […]

चीनबाट ल्याइने नेपालीलाई काठमाडौंमा राख्नुहुन्न : बिजुक्छे

२६ माघ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भएकाले उपचार गराएर निको पार्नुपर्ने सुझाव दिएका हुन् । ‘काठमाडौं उपत्यकाका चार ठाउँ र […]

अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै सडकमा गर्जियो कांग्रेस

माघ २६, २०७६ काठमाडौं : बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै कांग्रेसले सडक र संसदमा विरोध थालेको छ। अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको चर्को विरोध गरेको हो। कांग्रेसले आइतबार […]

बालुवाटारको जग्गामा एनआरएनले कानूनी उपचार खोज्ने

२६ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । एनआरएनले जग्गा किन्दा परेको रकम फिर्ताका लागि पनि कानूनी उपचार खोज्ने भएको छ । एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा […]

जलजलामा आयोजित गौमहोत्सवको आय– व्यय सार्वजनिक

विकल्प न्यूज/बेनी माघ २५ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा दुइमहिना अगाडि सम्पन्न भएको गौमहोत्सवको आय– व्यय सार्वजनिक गरिएको छ । शनिबार धाइरिङको गौशालामा सरोकारवालाहरुको वैठक मार्फत गौमहोत्सव मुल आयोजक समितिले आय – व्यय सार्वजनिक गरेको हो ।महोत्सवमा कुल संकलन भएको ३ करोड ६३ लाख ३० हजार ९ सय ३१ र ८० लाख ८ […]

मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई

विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति […]

प्रेमको महाउत्सव

देवी सापकोटा /काठमाण्डौं  माघ २५ गते । वारि गाउँको कान्छाकी छोरीले पारि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता भनाइले गाउँघरका प्रेम गर्ने जोडीलाई आफ्नो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारण दुई प्रेमी समाजमा खुलेर आफ्नो प्रेमभाव दर्शाउन सक्दैनन् । ठीक यसको विपरीत छ, सहरी समाजको […]

भुरुङ–तातोपानीमा टेलिटिचिङ प्रविधिबाट पठनपाठन सञ्चालन

म्याग्दी, माघ 25 गते ।   अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ  प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाले पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा […]

बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक सुरु

विकल्प न्यूज/ बेनी माघ २४ गते ।लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार देखि बेनी बजारमा सुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा […]

चीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ

२३ माघ, काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका […]

बेनी अस्पतालमा लायन्सको १७ लाख बराबरको उपकरण सहयोग

विकल्प न्यूज/बेनी माघ २४ गते । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान नेपालले बेनी अस्पतालमा करिब १७ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिप एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो । शुक्रबार डिष्ट्रिक […]