बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक सुरु

विकल्प न्यूज/ बेनी
माघ २४ गते ।लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार देखि बेनी बजारमा सुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् ।

बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा वढी प्रतिनिधिहरु सहभागि हुने वैठकका संयोजक सन्तोष रावलले जानकारी दिनुभयो ।वैठकमा डिस्ट्रक्ट गर्भनर इन्दु लम्साल सहित क्लबका विभिन्न पदमा रहेका लायन्स सदस्यहरुको सहभागिता रहेको छ । शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा क्याविनेट वैठक हुने र शनिबार बेनीको खुल्ला मञ्चमा समापन कार्यक्रमको आयोजना गरिएको लायन्स सदस्य सरोज बानियाँले जानकारी दिनुभयो ।खुल्ला कार्यक्रम अगाडि बेनीबजारमा बाजागाजा,विभिन्न जातजातिका भेषभूषा,झाँकीले लायन्स सदहस्यहरुलाई स्वागत गर्ने कार्यक्रम राखिएको जनाएको छ । वैठकमा लायन्सले गरेका सामाजिक कार्यको समिक्षा र आगमी योजनाका वारेमा छलफल गरिने संयोजक रावलले जानकारी दिनुभयो ।

यसै विच विहिवार लायन्सको सहयोगमा निर्माण गरिएको बेनी नगरपालिका ९ तोरीपानी स्थित गलेश्वर माविको नयाँ भवन उद्घाटन गरिएको थियो भने शुक्रवार विहान बेनी अस्पतालमा नवजात शिशुको उपचारमा सहयोग पु¥याउन करिब १७ लाख बराबरका उपकरण हस्तान्तरण गरिएको थियो । बेनीमा भएको क्याविनेट वैठकले म्याग्दीको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरिएको छ ।