माघ २७, २०७६ काठमाडौं :
यसै हप्ता चीनको कोरोना भाइरसको उच्च संक्रमण रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ।
यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई आजबाट ओरिन्टेसन तालिम दिन थालेको हो। मन्त्रालयले ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरू समेत सहभागी हुने र आजै ओरिन्टेसन सकिने बताइएको छ।
तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए। त्यसमा उनीहरूको यातायातको चालक र एम्बुलेन्स चालकसमेत हुनेछन्।
हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई अब केही दिनमै नेपाल ल्याउने तयारी अन्तिम चरणमा रहेको सरकारले जनाएको छ। त्यसका लागि नेपालबाट हवाईजहाज चार्टर गरी चीन पठाउने र नेपालीहरू ल्याइने बताइएको छ।
यद्यपि, चीनले नेपालीलाईआफ्नो देश पठाउनुअघि विमानस्थलमा १८० जनाको स्वास्थ्य परीक्षण गर्नेछ। त्यहाँ भाइरसको लक्षण देखिए उनीहरू नेपाल आउन पाउने छैनन्। स्वस्थ नेपाली मात्रै नेपाल आउनेछन्।नेपाल आइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: उनीहरूको स्वास्थ्य जाँच गरिनेछ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा पाँचवटा अस्थायी हेल्थ डेस्क विमानस्थल परिसर (पार्किङ)मा निर्माण गर्दैछ।
ओरिन्टेसन लिने स्वास्थ्यकर्मीहरू सवही डेस्कमा खटिनेछन् भने केही स्वास्थ्यकर्मी क्वारेन्टाइनमा खटिनेछन्।उनीहरूहलाई पर्सनल प्रोटेक्ट इक्विपमेन्ट को प्रयोग सम्बन्धमा तालिमसमेत दिइनेछ। डब्लुएचओको गाइडलाइनअनुसार नेपालले काम गरिरहेको भन्दै अब १८० जनालाई निकै छिटै उद्धार गरिने मन्त्रालयले यसअघि नै बताएको छ।thha khabar