राष्ट्रिय समाचार

नक्कली प्रमाणपत्र पेश गरेर शिक्षिका बनेकी बेगकी दुतकुमारी निलम्बनमा

विकल्प न्यूज/बेनी चैत ५ गते । नक्कली प्रमाणपत्र पेश गरेर शिक्षा सेवामा प्रवेश गरेको अरोपमा म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित कालिका माविमा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मुद्धा दायर गरेपछि शिक्षिका गर्बुजालाई निलम्बन गरिएको छ । एकवर्ष अघि शिक्षिका गर्बुजा शिक्षा सेवाले लिएको आन्तरिक परिक्षाबाट स्थायी […]

चितुवासँग लडेर छोरीको उद्धार

अमरराज नहर्की/ तनहुँ  चैत ५ गते । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई […]

‘एसईई रोकिँदैन, विद्यार्थीको ज्वरो नापेर पनि परीक्षा लिन्छौँ’

चैत ४, २०७६ काठमाडौं :  फाइल तस्विर सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबारबाट हुन लागेको एसईई परीक्षा नरोकिने स्पष्ट पारेका छन्।  शिक्षा मन्त्रालयले पनि वक्तव्य जारी गरेर एसईई नरोकिने स्पष्टीकरण दिएको सन्दर्भमा सरकारका प्रवक्ता खतिवडाले यसबारेमा प्रष्ट पारेका हुन्। ‘एसईई परीक्षा रोकिँदैन, पुरानै तालिका अनुसार सञ्चालन गर्छौँ’, उनले भने, ‘कोरोनाको संक्रमण देखिएका मुलुकमा […]

बिदा शुरुभयो, बालवालिका घरबाहिर जना नदिनुस् शिक्षा मन्त्रालय

काठमाडौं, चैत्र ४ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने […]

घुस रकम फिर्ता गरे पनि शिक्षाका २ कर्मचारी विरुद्ध मुद्दा

विकल्प न्यूज/बेनी चैत ४ गते । विद्यालय भवन निर्माणको क्रममा घुस खाएका शिक्षाका २ जना कर्मचारीले उक्त रकम फिर्ता गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत इञ्जिनियर श्रीकृष्ण खनाल र सव–ईञ्जिनियर प्रमोदकुमार उप्रेतीले घुस लिएको अख्तियारको दावी छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३ स्थित […]

परीक्षार्थीलाई नछुन निर्देशन

काठमाडौं ४ चैत / फाइल तस्विर एसइई परीक्षाका केन्द्राध्यक्षलाई परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न उक्त निर्देशन दिईएको नागरिकमा खबर छ । परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन शिर्षकमा नागरिकमा रुबी रौनियारले लेखेको खबर अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा केन्द्राध्यक्षलाई सोमबार दिइएको […]

शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

विकल्प न्यूज/बेनी चैत ३ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको राम्चे आधारभूत विद्यालयमा कार्यरत शिक्षक छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गेर जागिर खाएको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो । तत्कालिन समयमा उक्त विद्यालयमा कार्यरत शिक्षक ठाकुरले एकवर्ष अगाडि गोल्डेन हेन्सचेक बुझेर शिक्षण […]

प्रहरीले बरामद गर्‍यो आठलाख सर्जिकल मास्क

चैत ३, २०७६ कठमाडौं : काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो। आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको काठमाडौं महानगरिय प्रहरी […]

बेनी नगरका वडास्तरमा नेकपाको अभियान तिव्र

विकल्प न्यूज/बेनी चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिकाका वडाहरुमा पार्टीको अभियानलाई तिव्र पारेको छ । पार्टीको तिनमहिने अभियान अन्तर्गत नगरका सवै वडास्तरमा वैठक,भेला,अन्तरक्रिया,भेटघाट तथा प्रशिक्षणलाई तिव्र पारेको हो । एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानका शिलशिलामा पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार […]

कोरोना भाइरसको त्रास : सिंहदरबार जाने हरेकको ज्वरो परीक्षण

चैत २, २०७६ काठमाडौं : देशकै ठूलो प्रसाशनिक केन्द्र सिंहदबार जाने हरेक व्यक्तिको तापक्रम परीक्षण हुने भएको छ। देशकै मुख्य प्रशासनिक क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले हरेक व्यक्तिको तापक्रम लिने तयारी गरेको हो।त्यसको लागि सिंहदबार छिर्ने मुख्य द्वार दक्षिण, उत्तर र पूर्वी गेटमा ज्वरो परीक्षण गर्ने तयारी भएको हो। स्वास्थ्य […]

कोरोना संक्रमित चीनमा भन्दा इटलीमा धेरै

२ चैत, काठमाडौं । चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरस संक्रमित सबैभन्दा बढी इटलीमा देखिएको छ । पछिल्लो तथ्यांक अनुसार, इटलीमा १७ हजार ७५० संक्रमित छन् । जबकि, चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित छन् । चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ […]

अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङको कुटुकामा शनिबार राती चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई […]

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेर अभियान सुरु

विकल्प न्यूज/बेनी चैत १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको […]

अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी फागुन ३० गते ।    म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५ रुपैयाँ विभिन्न […]

प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज

विकल्प न्यूज/काठमाण्डौं फागुन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण  गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका […]