बेनी नगरका वडास्तरमा नेकपाको अभियान तिव्र

विकल्प न्यूज/बेनी
चैत २ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिकाका वडाहरुमा पार्टीको अभियानलाई तिव्र पारेको छ । पार्टीको तिनमहिने अभियान अन्तर्गत नगरका सवै वडास्तरमा वैठक,भेला,अन्तरक्रिया,भेटघाट तथा प्रशिक्षणलाई तिव्र पारेको हो ।

एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानका शिलशिलामा पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार चैत १ गतेबाट नेकपाले अभियान सुरु गरेको हो ।

‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको सुरुवात गरेको छ । अभियानका क्रममा पहिलो चरणमा वडा स्तरमा पार्टीको वैठक गरी तिनमहिने कार्ययोजना तयार पार्ने कामलाई तिव्र पारिएको सचिवालय सदस्य राजकुमार थापाले बताउनुभयो ।

अभियानका क्रममा आइतवार बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा वडा कमिटिको वैठक सम्पन्न गरेको छ । जिल्ला कमिटिका सचिव हरिकृष्ण श्रेष्ठको नेतृत्वमा कार्यालय सदस्य तथा नगर कमिटिका संयोजक शेरबहादुर केसी, सचिवालय सदस्य राजकुमार थापा, सन्तोष रावल, जिल्ला कमिटि सदस्य ज्योती लामिछाने र वडा अध्यक्ष टेकबहादुर रावलको उपस्थितिमा वैठक सम्पन्न भएको हो । वैठकले तिनमहिने अभियानको कार्ययोजना बनाएको छ । वैठकमा पार्टीका वडा कमिटि अध्यक्ष पदमबहादुर रावलको अध्यक्षता र सचिव नरबहादुर थापाले वैठक सञ्चालन गर्नुभएको थियो ।

वडा कमिटिले आगमी दिन महिना भित्र पार्टी सदस्यता नवविकरण,भेटघाट, जनप्रतिनिधि सँग विकास निर्माणका वारेमा छलफल,अन्तरक्रिया र प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको वडा कमिटीका अध्यक्ष रावलले बताउनुभयो ।
यसै गरी वडा नम्बर ज्यामरुककोटमा पनि पार्टीको वैठक सम्पन्न भएको छ ।

जिल्ला कमिटिका अध्यक्ष गोविन्द पौडेलको उपस्थितिमा भएको वैठकले आगमी तिनमहिने कार्ययोजना बनाएको सचिवालय सदस्य थापाले जानकारी दिनुभयो । यसै गरी बेनी नगरका वडा नम्बर ६,७ र ८ मा पनि वैठक सम्पन्न गरेको नेकपाले जनाएको छ ।

नेकपा म्याग्दीले चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्न गरि जिम्मेवारी समेत बाँडफाड गरिसकेको जिल्ला अध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण बनाउने लगायतका कार्यक्रमहरुलाई समेटीएको छ ।

अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय संगठनको एकतालाई सुदृढ बनाउदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्युनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा संकलन गरिने अध्यक्ष पौडेलले बताउनुभयो । अभियान अन्र्तगत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।