नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेर अभियान सुरु

विकल्प न्यूज/बेनी
चैत १ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको सुरुवात गरिएको हो ।

अभियानको सुभारम्म अहिले विश्वव्यापि महामारीको समस्या बनेको कोरोना भाइरसको बारेमा सचेतनामुलक कार्यक्रम गरि गरिएको हो । शनिवार सदरमुकाम बेनीमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिब हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा लगायतको नेतृत्वमा तीन वटा समुह बनाएर कोरोना भाइरसको बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

बेनी र मंगलाघाट क्षेत्रमा तीन वटा समुहले सडकमा पदयात्रा गरि सर्वसाधारण र बजारबासीलाई कोरना भाइरसको जोखिम र बच्न उपाय सहित अपनाउनुपर्ने साबधानीलाई समेटीएको सचतेनामुलक पर्चा वितरण गरिएको थियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार, सरसफाई कार्यक्रम मार्फत अभियानको सुभारम्भ गर्ने योजना रहेपनि कोरनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सचेतनामुलक कार्यक्रमलाई जोडेर अभियानको सुरुवात गरिएको नेकपा जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा ठुलो समुह र धेरै मानिसहरु भेला हुने कार्यक्रमहरुलाई रोकिएको र ग्रामीण भेगमा भने पार्टी सुदृढीकरण कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ ।

नेकपा म्याग्दीले चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्न गरि जिम्मेवारी समेत बाँडफाड गरिसकेको छ । स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण बनाउने लगायतका कार्यक्रमहरुलाई समेटीएको छ ।

अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय संगठनको एकतालाई सुदृढ बनाउदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्युनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा संकलन गरिने अध्यक्ष पौडेलले बताउनुभयो । अभियान अन्र्तगत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।