राष्ट्रिय समाचार

लोक सेवा आयोगको अन्तर्वार्ता पनि स्थगित

९ चैत, काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको छ । यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको हो । लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी गरेको विज्ञप्तिमा ‘आयोगको केन्द्रीय कार्यालय र […]

कोरोना रोकथाम गर्न गण्डकी सरकारले छुट्यायो तीन करोड

चैत ९, २०७६ काठमाडौं : गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। यो बजेट कोरोनाबाट जोगिने उपाय सिकाउन सामाजिक विकास मन्त्रालयमार्फत सचेतना कार्यक्रममा खर्च गरिने भएको हो। ‘सरकारले कोरोनाको संक्रमण फैलिन नदिन गर्न सकिने कार्यक्रमहरूका लागि ३ करोड २३ लाख ९८ हजार तीन सय रुपैयाँ छुट्याएको छ,’ गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री तथा […]

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

चैत ९, २०७६ काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार […]

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी सवारीलाई नरोकिने

९ चैत, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए । यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ । यसअघि यातायात व्यवस्था विभागले […]

बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण

काठमाण्डौ – बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना  जानकारी दिनुभयो । उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० […]

कोरोना भाइरसको जनचेतनामूलक गीत (भिडियोसहित)

चैत ९, २०७६ काठमाडौं : लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।  पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयम् खातीको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामुलक गीत हो। विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी […]

भारतको बिहारमा कोरोनाका कारण एकजनाको ज्यान गयो, नेपालतर्फ संक्रमण जोखिम

चैत ९, नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ। भारतीय पत्रिकामा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ। त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ। स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल […]

म्याग्दीका सवै कार्यालयहरुबाट यथावत रुपमा सेवा प्रवाह

विकल्प न्यूज/बेनी चैत ९ गते ।     आइतवार म्याग्दीमा रहेका सरकारी तथा निजी संघसंस्थाका कार्यालयहरुले यथावत रुपमा सेवा प्रवाह गरेका छन् । सेवा लिन कार्यालयहरुमा सेवाग्राहीहरु पुगेका छन् । बैक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीहरुको भिड लागेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा वलिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न भन्दै सार्वजनिक सेवा प्रवाह […]

लायन्सले वितरण ग¥यो घतान नेप्टेचौरमा मास्क र सावुन

विकल्प न्यूज/बेनी चैत ९ गते ।    कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार बेनी नगरपालिका–९, घतानमा भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। घतान स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा लायन्स क्लवका चिप एडभाईजर चन्द्रकुमार केसीले […]

परिक्षा केन्द्रमा पुगेका एसइईका प्रश्नपत्र बेनी फिर्ता ल्याइयो

विकल्प न्यूज/बेनी चैत ८ गते । माध्यामिक शिक्षा परीक्षा (एसइई)का लागि म्याग्दीका परीक्षा केन्द्रहरुमा पु¥याइएका प्रश्नपत्रहरु सदरमुकाम बेनीमा फिर्ता ल्याइएको छ। सरकारले कोरोना भाइरसको जोखिमका कारण चैत ६ गते देखि हुने परिक्षा स्थगित गरेसँगै प्रश्नपत्रहरुको सुरक्षालाई ध्यानमा राखेर सदरमुकाम बेनी फिर्ता ल्याइएको हो । जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रबाट प्रश्नपत्र शुक्रबार बेलुका बेनी फिर्ता […]

दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन ः प्रजिअ ढकाल (भिडियो)

विकल्प न्यूज/बेनी चैत ८ गते ।  म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विश्वभरी रुपमा फैलिएको कोरोना भाइरस सँग जुद्ध्न सजगता अपनाउनुका साथै सर्तक हुन म्याग्दीवासीहरुलाई अपिल गर्नुभएको छ । त्रसित हुनुपर्ने अवस्था छैन तर सर्तकता अपनाउनुका साथै सजग हुनुपर्दछ उहाँले भन्नुभयो । दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक भएकाले नआत्तिन अनुरोध गर्नुभएको छ । ग्यास,डिजिल,पेट्रोल र दैनिक […]

सरकारले नरोकेको अत्यावश्यक सेवामा के-के पर्छ ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका हुन्। त्यस्तै यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै […]

अन्नपूर्ण गाउपालिकाका सवै तातोपानी कुण्डहरु बन्द

विकल्प न्यूज/बेनी चैत ७ गते ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई आकलन गर्दै अर्को ब्यवस्था नहुँदा […]

१० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

७ चैत, काठमाडौं ।  सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् । यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई […]

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

७ चैत, काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।