राष्ट्रिय समाचार
काेराेना राेकथामका लागि रघुगंगामा तीस लाखकाे काेष स्थापना
विकल्प न्युज / बेनि बेनी, १३ चैत । म्याग्दीको रघुगंगा गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न तीस लाख रुपैयाँ […]
कोरोनाभाइरसबारे गम्भीर तथ्य : एक संक्रमितले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने
विकल्प न्यूज/बेनी चैत १३ गते । युनिभर्सिटी कलेज लन्डनमा इन्टेन्सिभ केयर मेडिसिनका प्राध्यापक डा ह्यु मन्टगोमेरीले कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने बताएका छन् । बेलायती टीभी च्यानल ४ सँग कुरा गर्दै डा ह्युले एकजनाबाट हजारौंमा संक्रमण सर्न सक्ने भएकाले मानिसहरूलाई सामाजिक दूरी कायम गर्न अपील गरेका छन् । सामान्य रुघाखोकी लाग्दा एकजनाले […]
बेनी अस्पतालका डाक्टरहरुको सुझाव ः सावधानी अपनाउनुहोस कोरोना भाइरसबाट बच्नुहोस्
बेनी अस्पतालका डाक्टर मनोज घिमिरे र प्रयुष अर्याल विकल्प न्यूज/बेनी चैत १३ गते । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस यतिखेर विश्वभरी फैलिएको छ । कोरोना भाइरस संक्रमितबाट विश्वका विभिन्न मुलुकहरुमा गरी झन्डै १८ हजार भन्दा वढी मानिसहरुको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आएपनि युरोप लगायतका मुलुकहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएको छ । युरोपका […]
म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर
विकल्प न्यूज/बेनी चैत १२ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका अध्यक्ष कमल खत्रीले […]
धवलागिरी गाउपालिकामा मूल्यसूचि कायम
विकल्प न्यूज/बेनी चैत १२ गते । धवलागिरी गाउपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् । गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, वडा […]
म्याग्दीका पत्रकार गौतमले गरे चैत महिनाको घरभाडा मिनाहा
विकल्प न्यूज/बेनी चैत १२ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतमले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हुन । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट व्यवसाय […]
सहि सूचना प्रवाह गरौं
विकल्प न्यूज/बेनी चैत ११ गते । विश्व यतिखेर कोरोना भाइरसको महामारी सँग लडिरहेको छ । कोरोना भाइरसको संक्रमणले १४ हजार भन्दा वढीको ज्यान गइसकेको छ । भने एकलाख भन्दा वढी संक्रमित भएका छन् । करिब एकलाख सक्रमितहरु भने उपचार पछि घर फर्किएका छन् । कोरोना भाइरसलाई विश्व समुदायले महामारीको संज्ञा दिएको छ । अहिले युरोप […]
यसरी गरिदैछ कालिपुलमा चेकजाँच (फोटो / भिडियो सहित)
विकल्प न्यू/बेनी चैत १० गते । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँचका लागि कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिएको छ । सुरक्षा निकायका तिनवटै अंग र म्याग्दी जेसिजको सहकार्यमा सचेतना अभ्यास तथा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो । सोमबार बेनीमा वसेको सर्वपक्षिय वैठकले गरेको निर्णय अनुसार नेपाली सेना,शसस्त्र […]
म्याग्दी आज रातिदेखि ‘लक डाउन’
विकल्प न्यूज/बेनी चैत १० गते । नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार(आज) रातीबाट म्याग्दीलाई लक डाउन गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षिय वैठकले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्लालाई लक डाउन गर्न जिल्ला सुरक्षा समितिलाई सुझाव दिएको हो । जिल्लाका ९ स्थानमा एकिकृत चेकपोष्ट स्थापना गर्ने […]
‘कोरोना संक्रमित भेटिँदा आतंकित नहुनुस्, सतर्कता अपनाउनुस्’
१० चैत, काठमाडौं । कतारबाट फ्रान्स हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा एक जनाको रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए । नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण […]
काठमाडौंमा भेटिए काेराेना संक्रमीत विरामी
काठमाडौ, चैत्र १० गते । फाईल तस्विर स्वास्थ तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ । फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री […]
कोरोना संक्रमित नेपाली भन्छिन् : निको हुने छाँटकाँटै छैन, सावधान रहनुस् !
चैत १०, २०७६ काठमाडौं : बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्। लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको […]
गण्डकी प्रदेशमा साेमबार देखि लक डाउनकाे तयारी
विकल्क / बेनी चैत ९ गते । काेराेना भाइरस कोभिड(१९ को संक्रमणबाट जोगिन गण्डकी प्रदेशले पनि लक डाउनको तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ । यो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग लड्नुपर्नेछ,ु मुख्यमन्त्री गुरूङले भने, ुअब गण्डकी […]
कोरोना कहर: चैत ६ पछि झण्डै ५ लाखले छाडे राजधानी
काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय […]
चीनले १०८ जनामा कोरोना भाइरसको खोप परीक्षण गर्दै
एजेन्सी, चैत्र ९ । चीनले वुहानमा १०८ जना मानिसमा कोरोना भाइरसको सम्भावित खोपको परीक्षण थालेको छ । कोभिड–१९ को उत्पत्तिस्थल वुहानकै १०८ जनालाई ३६ जनाको तीन समूहमा विभाजित गरेर परीक्षण गरिएको हो । उनीहरुलाई कम, मध्यम र उच्च डोज दिइएको चीनको क्लिनिकल ट्रायल रजिष्ट्रीले जनाएको छ । परीक्षण १८ देखि ६० वर्ष उमेर समूहका मानिसमा […]