राष्ट्रिय समाचार

कारोवार सुरु गरेको छोटो अवधि मै शालीग्राम लघुवित्तको डेढकरोड भन्दा वढी लगानी

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो […]

यस्ताे छ बेनीमा भेटिएकाे माेटारकाे पुरानाे शेल

विकल्प न्युज  । बेनी पुस १५ ।  २०६० सालमा तत्कालिन माअाेवादिलेे बेनि आक्रमणका वेला हानेकाे माेटारकाे शेल भएकाे अनुमान गरियकाे छ । उक्त शेललाई नेपाली सेनाले डिस्पोजल गरेकाे छ  ।  https://youtu.be/ehPW1NEXNLg

किसानको आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सुझाव

विकल्प न्यूज/बेनी पुस १५ गते । किसानका आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनीमा गरेको स्थानीय तह सँग समन्वय वैठकमा जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा पशुसेवाका कार्यक्रमहरु व्यवहारिक नभएको गुनासो गरेका छन् । व्यवहारिकतालाई हेरेर पशुसेवाका कार्यक्रमहरु तर्जुमा गर्न उनीहरुको सुझाव छ । कार्यक्रमहरु बनाउदा […]

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते ।    यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो । विद्यालयको आयोजनामा सम्पन्न […]

आश्रमको फितलो व्यवस्थापन गरेर विवाद मुछिएको शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !

विकल्प न्यूज/बेनी पुस १३ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरुलाई अभाव,पीडा र दुःखमा वस्न बाध्य पारेर विवादमा मुछिएको गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले गल्ती ढाकछोप गर्न विज्ञप्ती निकालेका छन् । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका […]

जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)

विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]

गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको दर्दनाक दृश्य

ठाकुर आचार्य,कमल खत्री /बेनी पुस १० गते ।  तस्विरमा देखिएको चित्र कुनै व्यक्तिको घर होइन । यो त सुविधा सम्पन्न भनी दावी गरिएको बेनी नगरपालिका ९ गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको वास्तविक दर्दनाक अवस्था हो । बुधबार बेलुका जुन कल्पना गरेर आश्रममा हामी पुगेका थियौं त्यसको भिन्न चित्र हामीले देख्यौं । त्यहाँ पुग्दा हामीले आश्रम […]

पुरानो सम्पदा मास्दै गलेश्वरधाम

विकल्प न्यूज/बेनी पुस १० गते । बेनीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । वि.स. २०२८ सालमा स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो । संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो भवन अहिले गलेश्वर […]

पर्यटकलाई आकर्षीत गर्दै सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय

विकल्प न्यूज/बेनी पुस ९ गते ।    बागलुङ नगरपालिका–४ कुडुलेको फेदीमा जमिनभित्र सय मिटर सुरुङ खनेर शालिग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालय मंसिर २१ गतेबाट खुल्ला गरिएपछि अवलोकन गर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।  सङ्ग्रहालय बनाउन करिब ६ करोड रुपैयाँ खर्च भएको अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । चन्दा सहयोग र दानबाट उक्त सङ्ग्रहालय […]

सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस ८ गते ।  अन्नपूर्ण गाउँपालिका–१ दोवाका महिलाहरु गाउँमै सीप सिकेर उद्यमी बन्न थालेका छन् । आधारभूत होजियारीको तालिम लिएका महिलाहरुले गाउँमा स्विटर,,गलबन्दी,झोला लगायतका सामाग्रीहरु तयार पार्न थालेका हुन । गाउँमा उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन समेत भएपछि महिलाहरु उत्साहित भएका छन् । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा […]

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

सरोज ढुङ्गेल काठमाडौँ, पुस ८ गते ।  हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार […]

बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार

यलु जोशी काठमाडौँ, पुस ८ गते । जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ । जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको […]

कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग

धु्रबसागर शर्मा/विकल्प न्यूज पुस ७ गते । असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ । बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापान गएकाहरुको संस्था मालिका समाज बागलुङ जापान परिवारका प्रतिनिधि भबिन्द्र घिमिरेले […]

म्याग्दीका ६ वटै स्थानीय तहमा कांग्रेसको संगठन निर्माण

विकल्प न्यूज/बेनी पुस ५ गते । नेपाली कांग्रेस म्याग्दीले जिल्लाका सवै स्थानीय तहमा संगठन निर्माण गरेको छ । स्थानीय तह अनुसार काँग्रेसले एक नगरपालिका सहित पाँच स्थानीय तहमा नेतृत्व चयन गरेको हो । नेतृत्व चयन सँगै ६ वटै स्थानीय तहमा काँग्रेसको संगठन निर्माण भएको हो । संघियतामा मुलुक गएपनि काँग्रेसले पार्टी संगठनलाई लैजान सकेको थिएन […]

अवयचौरका विद्यार्थीलाई नेविसंघले शैक्षिक साम्रागी सहयोग

विकल्प न्यूज/बेनी पुस ४ गते । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेविसंघले स्टेशनरी तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सुईटर र टोपी हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत […]