राष्ट्रिय समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित २५ जनामा कोरोना संक्रमण

असार १२, २०७७ काठमाडौं : कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका  २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,।  यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो। यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा […]

काेराेना जीतेकै दिन एक जोडीले सन्तान जन्माए

चन्द्रप्रकाश शर्मा पोखरा, असार ११ गते । फाईल तस्विर कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएपछि बागलुङको धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन छोरालाई जन्म दिएकी छिन् । ढोरपाटन नगरपालिका वडा नं. ९ स्थायी घर भई छदिनदेखि श्रीमानसँगै आइसोलेसनमा रहेकी १९ वर्षीया महिलाले छोरालाई जन्म दिएकी हुन् । जेठ २३ गते ढोरपाटन नगरपालिकामा […]

काठमाडौंमा थपिए ९ जना कोरोना संक्रमित

११ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेेेेेस विर्फिङमा काेराेना पुष्टि भएकाे जानकारी दिईएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ […]

थपिए ४ सय ३४ जना कोरोना संक्रमित, संख्या ११ हजार नाघ्यो

११ असार, काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले […]

२४ घण्टामा ३१२ ले जिते कोरोना

काठमाडौं असार ११ गते । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट  ३१२ जना कोरोना संक्रमितका बिरामी  निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २९३ जना पुरुष र १९ जना महिला निको भएका हुन्। यससँगै नेपालमा […]

संक्रमितको शव व्यवस्थापनमा अवरोधपछि पोखरामा गोली चल्यो

विकल्प न्युज/ पाेखरा असार ११ गते ।  कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ। संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो। पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा […]

मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।  गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित […]

पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा असार ११ गते । पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । निस्दीको ९३ जना भरतपुर अस्पताल […]

रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ पढ्नुहोस)

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि बजेट गाउँसभाबाट पारित भएको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेटको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस् रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य […]

यस्तो छ, रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा अध्यक्ष भव बहादुर भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई […]

पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु

विकल्प न्युज / पाेखरा असार ११ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको  स्वास्थ्य विज्ञान प्रतिष्ठान ले विज्ञप्ति मा जनाएकाे छ  । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ […]

जलजला गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित (पुर्णपाठ सहित)

विकल्प न्युज/ जलजला असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । […]

रघुगंगाको बजेट ३९ करोड ७४ लाख (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।         म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ३९ करोड ७४ लाख ३५ हजार दुईसय चालिस रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार आयोजित ८ औं गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले चालु तर्फ २८ करोड १९ लाख ४५ हजार चारसय २० र पूँजीगत तर्फ ११ […]

धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको […]

लोकप्रिय कार्यक्रम सहित ल्यायो धबलागिरि गाउँपालिकाले नीति तथा कार्यक्रम ( पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको विकट धबलागिरि गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुनामा सम्पन्न आठौै गाउँसभामा अध्यक्ष थमसरा पुनले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई गाउँसभाले सुझाव सहित पारित गरेको छ । पढ्नुहोस नीति […]