रघुगंगाको बजेट ३९ करोड ७४ लाख (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार १० गते ।         म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ३९ करोड ७४ लाख ३५ हजार दुईसय चालिस रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार आयोजित ८ औं गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले चालु तर्फ २८ करोड १९ लाख ४५ हजार चारसय २० र पूँजीगत तर्फ ११ करोड ५४ लाख ९० हजार बराबरको बजेट पेश गर्नुभएको हो ।

नागरिकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिको लागि औषधि उपकरण लगायत स्वास्थ्य सेवाको विस्तार,ल्याब स्थापना,स्वास्थ्य पूर्वधार निर्माण,अधुरा आयोजनाहरुको कार्यान्वयन,गाउँपालिकाका गौरबका आयोजनाहरुको निर्धारण, सडक,शिक्षा,कृषि,पर्यटन,खानेपानी,सरसफाई र संस्कृति प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको उपाध्य कमला तिलिजाले बताउनुभयो ।
गाउँपालिकाको समृद्धिका आधारहरु कृषि,पर्यटन र जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

कृषि,तथा पशुपालन,सहकारी, पर्यटनको विकासका लागि एककरोड २ लाख पचास हजार,गरिबी निवारणमा १२ लाख,उद्यमशिलता श्रम तथा रोजगार ६३ लाख ३० हजार,सामाजिक विकास तर्फ १८ करोड ७१ लख दुइसय ४०, वन,वातावरण,विपद व्यवस्थापन र भूमि व्यवस्थामा ६० लाख लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको छ ।

गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित भएसँगै आगमी साउन १ गतेबाट बजेट कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । बजेटलाई समयमै कार्यान्वयन गर्न गाउँपालिका जुट्ने बताउनुभयो ।

गाउँसभाले बुधबार नै नीति तथा कार्यक्रम र बजेटलाई पारित गरेको छ । गाउँसभाको उद्घाटन सत्रमा नेकपाका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस गाउँपालिका अध्यक्ष जिवनकुमार मल्लले गाउँपालिकाको समृद्धि र विकासका लागि हातेमालो गरेर अगाडी बढ्नुपर्र्नेमा जोड दिनुभयो ।

वडा नम्बर ३ को सदस्य सम्झना नेपालीले स्वागत गर्नुभएको उद्घाटन सत्रको सञ्चालन वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा मगरले गर्नुभएको थियो ।