ताजा समाचार:
Search

राष्ट्रिय समाचार

घोरेपानी हिँडेका दुईजना स्पेनिस पर्यटक बेपत्ता

म्याग्दी,भदौं ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुईजना स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला […]

बेनीको जलेश्वरमा बस दुर्घटना हुँदा चार जना घाइते

भदौ  १० गते ।  म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै  ठूलोबौरमा सोमबार साँझ ५:३० बजे  ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

बेनी (म्याग्दी),  भदौ १० गते ।  म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन […]

उद्धार गर्न चिठी पठाउँदा…

म्याग्दी,  भदौ १० गते । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो । टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा […]

बेनीको प्रकाश माविमा स्मार्ट बोर्डबाट पठनपाठन

विकल्प न्यूज/बेनीभदौं ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानका क्रममा विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपरेटिङ सिस्टम, फोर के रिजुलेसन सहितका २ वटा इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरी अध्यापन थालेको विद्यालयले जनाएको छ । आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले […]

बेनी–बागलुङ सडकमा बाढीले गाडी बगायो,सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ९ गते । शनिबार राती परेको अविरल वर्षाका कारण बेनी–बागलुङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका १ हुलाके भन्ने स्थानमा ठाडोखोलामा बाढी आउँदा गाडी सडक देखि करिब दश मिटर तल बगाएको छ । बाढीले करिब ६० मिटर सडक भत्किएको कारण सडक अवरुद्ध भएको छ । शनिबार पोखरा देखि बेनी आउँदै गरेको निजी नम्बर प्लेटको […]

प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनीभदौं ८ गते । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार अमृत […]

अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

म्याग्दी,भदौं ८ गते । बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो । २०८० पुस १६ गते राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव गत साउन २७ गते […]

म्याग्दीका उद्योगी, व्यवसायीलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

प्रताप बानियाँम्याग्दी,भदौं ८ गते । म्याग्दीमा पेशा तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुलाई लक्षित गरेर नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी तालिम सुरु भएको छ । ‘विकासको आधारः उद्योग र व्यापार’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा तालिम सञ्चालन गरिएको हो । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित […]

तरकारी खेतीले छोराहरुलाई इन्जिनियर र कृषि प्राविधिक बनाउने बाबुराम (भिडिओ सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ८ गते । काउली खेतीमा काम गर्दै बाबुराम रेग्मी र उहाँको परिवार । तस्विर ठाकुरप्रसाद आचार्य पर्वतको जलजला गाउँपालिका ६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ । रोजगारीका लागि दश वर्ष विदेशमा भौतारीनुभएका रेग्मीले गाउँ फर्किएर बुबाले अंगालेको कृषि कर्मलाई जीवन धान्ने पेसाका रुपमा […]

बेनीमा तेस्रो महिला फुटबल प्रतियोगिता सुरु

म्याग्दी, भदौ ८ गते ।  न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ ।  प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए […]

स्वमूल्याङ्कनमा जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो

विकल्प न्यूज/पर्वतभदौं ७ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो भएको छ । बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।आर्थिक वर्ष ०७९–०८० मा गरेको मूल्याङ्कनमा जलजला गाउँपालिले ८६ अंक प्राप्त […]

तनहुँ बस दुर्घटना : मृतकको संख्या २१ पुग्यो

अमरराज नहर्की  तनहुँ, भदौ ७ गते।  तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो।  बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु […]

हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ७ गते । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको शिरबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सीखोला बग्न थालेको छ । शुक्रबार दिउँसो धबलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो ।हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो । #ADV हिमपहिरोका कारण थुनिएको बोक्सीखोला […]

मिना हत्या काण्ड ः प्रहरीबाट अनुशन्धानमा चासो नदिएको गुनासो (भिडियो)

विकल्प न्यूज/बेनीभदौं,७ गते । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मिना हत्या काण्डमा प्रहरी प्रशासनबाट गहिरो तवरले छानविन र अनुशन्धान गरी आपराधीलाई कानूनी कठघरामा ल्याउने प्रक्रियामा प्रहरी प्रशासनले गम्भिरतापूर्वक रुपमा नलिएको बताएको छ । शुक्रबार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलमा दलित अधिकारकर्मीहरुले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरे । बेनी नगरपालिका– ९ की मिना परियार […]