राष्ट्रिय समाचार

तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी माघ २९ गते ।  म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता […]

गिरफ्तारी दिन झाँक्री तयार, प्रहरी अधिकारीसँग कुरा हुँदै

विकल्प न्यूज/कामठमाण्डौं माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन्। प्रहरीले पक्राउ पुर्जी दिए आफू प्रहरी कार्यालय जान तयार रहेको उनले बताएकी हुन्। उनलाई पक्रन गएको प्रहरीका एक अधिकृतसँग अहिले उनले कुरा गरिरहेकी छन्। शंखमुलस्थित झाँक्री निवासअगाडि अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् भने […]

४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति, वडाको सिफारिस अनिवार्य

विकल्प न्युज म्याग्दी माघ २८  अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा […]

खुर्कोट–दाना प्रसारण लाइन बागलुङलाई फाइदै फाइदा

विकल्प न्युज म्याग्दी माघ २८ कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ । दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि […]

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

विकल्प न्यूज/बेनी माघ २७ गते ।   अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्‍न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका-३ दानामा गत हप्तादेखि सञ्‍चालन गरेको […]

बेनी नगरको संसोधित बजेट पारित (भिडियो)

विकल्प न्यूज/बेनी माघ २६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको संसोधित बजेट पारित गरेको छ । सोमबार आठौं नगरसभामा उपमेयर सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको संसोधित बजेट सभाले पारित गरेको हो । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रुपैयाको बजेट पारित भएको थियो । संचित कोषमा […]

एकै दिन पर्वतमा दुई मोटरेबल पुल उद्घाटन

पर्वत, माघ २६ गते ।   पर्वतका विभिन्न ग्रामिण सडकमा पुग्ने दुईवटा मोटरेबल पुलको आइतबार एकै दिन उद्घाटन भएको छ । १० करोड ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको मोदीखोला गाउँपालिका– ३ को रतीखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र चार करोड १८ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको कुश्मा नगरपालिका– ३ अम्बोटखोला पुलको भौतिक पुर्वाधार […]

प्रतिगमन विरुद्ध बेनीमा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २५ गते । नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका छन् । विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । […]

म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

विकल्प न्यूज\बेनी माघ २४ गते ।  नीजि क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल  निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा  सर्वसम्मत रुपमा  निर्वाचित हुनुभएको हो । यसै गरी अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम […]

विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना

विकल्प न्यूज/बेनी माघ २४ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको अभियानमा जुटन अनुरोध गर्नुभएको छ । निजिक्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उदघाटन गर्नुहुदै अध्यक्ष तिमिल्सिनाले नीजि क्षेत्र र सरकार मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानुपर्ने विचार व्यक्त […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित

विकल्प न्यूज/बेनी माघ २४ गते ।  म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको […]

राष्ट्रिय सभाका अध्यक्षद्धारा म्याग्दी उद्योग बाणिज्य संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन

विकल्प /बेनी माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले म्याग्दी उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उद्घाटन गर्नुभएको छ । अधिबेशनले निजी क्षेत्रको छाता संगठन संघको आगमी तिन वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन गर्ने व्यवसायीका विच सहमति जुटेको बताइएको छ […]

बेनी खानेपानीमा नयाँ संचालक समिति चयन

विकल्प न्यूज/बेनी माघ २३ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे  शुक्रबार  सम्पन्न २१ अौ वार्षिक साधारणसभा तथा १० अौ अधिबेशनले माधव प्रसाद रेग्मी अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति  चयन गरेकाे छ  । संचालक समितिकाे उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, काेषाध्यक्ष टंक हमाल चयन हुनुभएको छ । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, […]

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फाेटाेसहित)

विकल्प / बेनी खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान ११.१५ मा […]

नेकपा ओली पक्षीय म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्च गठन

विकल्प न्यूज/काठमाण्डौं माघ २२ गते । नेकपा ओली पक्षले म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्चको तदर्थ समिति गठन गरेको छ । पेशा व्यवसाय र रोजगारीमा आवद्ध भई काठमाण्डौंमा बासेबास गर्नुहुने नेकपा समर्थित म्याग्देलीहरुको विहिवार सामाखुसीमा सम्पन्न भेलाले सम्पर्क मञ्च गठन गरेको हो । विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय […]