नेकपा ओली पक्षीय म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्च गठन

विकल्प न्यूज/काठमाण्डौं
माघ २२ गते ।

नेकपा ओली पक्षले म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्चको तदर्थ समिति गठन गरेको छ । पेशा व्यवसाय र रोजगारीमा आवद्ध भई काठमाण्डौंमा बासेबास गर्नुहुने नेकपा समर्थित म्याग्देलीहरुको विहिवार सामाखुसीमा सम्पन्न भेलाले सम्पर्क मञ्च गठन गरेको हो ।

विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा रेशम भण्डारी,रवि कार्की,चन्द्रदत्त सुवेदी,युबहादुर मल्ल,खड्कबहादुर थापा,तमबहादुर गुरुङ,पदम छन्त्याल,होम पुन,मुकुन्द सुवेदी र टिकाराम सुवेदी चयन भएका छन् ।
भेलाका प्रमुख अतिथि सांसद थापाले म्याग्दीबाट आई काठमाण्डौंमा बसोबास गर्नुहुने म्याग्देलीहरुलाई मञ्चले एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभयो । भेलामा सांसद थापाले मुलुकको राजनीतिक घटना र यसबाट उत्पन्न परिस्थितिका बारेमा पनि विचार व्यक्त गर्नुभएको थियो । भेलामा गण्डकी प्रदेश सम्पर्क कमिटिका सचिव विष्णु सिक्देलको पनि सहभागिता रहेको थियो ।