Breaking News

मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको […]

मंगलामा माओवादीका तर्फबाट टेकबहादुर विक अध्यक्षको उम्मेदवार

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बेनी, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा […]

भुरुङमा मओवादीका वडाअध्यक्षका उम्मेदवारसहित पुरै कमिटी एमालेमा प्रवेश

विकल्प न्यूज\बेनी वैशाख ११ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चयन हुनुभएका ओमप्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्वारा पोखरेवगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष समेत रहनुभएका फगामी एमालेमा […]

एमाले जलजलाले ग¥यो प्रतिवद्धता सार्वजनिक

विकल्प न्यूज/जलजला बैशाख ९ गते । नेकपा एमाले जलजला गाउँपालिका पर्वतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ औं दिवसको अवसर पारेर शुक्रबार नेकपा एमाले जलजला पालिका कमिटीले तयार पारेको प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो । जलजलाको विकास र समृद्धिको योजना समेटीएको प्रतिवद्धता –पत्र पार्टीका […]

मालिकामा माओवादीका युवा नेता रेशम जुग्जाली उत्रिए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी वैशाख ८ गते ।    नेकपा माओवादी केन्द्र म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय […]

काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गायो

विकल्प न्यूज\बेनी वैशाख ८ गते । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो । चारै जनाको […]

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी वैशाख ८ गते ।   वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवर जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन […]

म्याग्दीमा काँग्रेसले २८ वडामा अध्यक्षका उम्मेदवार टुंगो लगायो

विकल्प न्यूज/बेनी वैशाख ७ गते । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ५, ७, मंगला […]

रघुगंगामा उम्मेदवार चयन गर्न काँग्रेसलाई सकस्

विकल्प न्यूज/बेनी वैशाख ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौंट गर्न काँग्रेसलाई सकस परेको छ । अध्यक्ष र उपाध्यक्षमा धेरै नेताहरुले आकांक्षा देखाएपछि काँग्रेसलाई उम्मेदवार छनौंट गर्न कठिन भएको हो । अध्यक्ष पदका लागि पाँचजना र उपाध्यक्षमा ७ जना आकांक्षी भएपछि गाउँपालिका कार्यसमितिले जिल्लामा आकांक्षीहरुको नाम सिफारिस गरिएको सभापति मनकुमार शेरपुञ्जाले […]

बेनीमा एमालेलाई उम्मेदवार टुंगाउन सकस् काँग्रेस प्रचारमा जुट्यो

विकल्प न्यूज/बेनी वैशाख ६ गते ।  अघिल्लो स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकुमार श्रेष्ठले नगरलाई एकफन्को मारेर बेनी झर्दा पनि एमालेले उम्मेदवार टुंगो लगाउन सकेको थिएन । उम्मेदवार दर्ताको दिन विहान मात्रै एमालेले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो । यसपाली पनि एमालेले उही नियती दोहोराउने देखिएको छ । […]

लोकप्रिय व्यवसायी चुनावी मैदानमा आएपछि एमाले र काँग्रेसलाई सकस्

विकल्प न्यूज\बेनी वैशाख ६ गते । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ निवासी सफलयूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बामपन्थी विचार बोक्ने श्रेष्ठको उम्मेदवारीले नेकपा एमालेलाई असर पुग्ने आकलन गरिएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता […]

म्याग्दीमा गठबन्धन संकटमा ः अशन्तुष्टी सामाजिक सञ्जालमा पोखिन थाल्यो

विकल्प न्यूज/बेनी वैशाख ४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरुकाबीचको विवाद समाजिक सञ्जालमा पोखिन थालेको छ । पटक पटक वैठक बस्दा पनि सहमति नभएपछि नेताहरुले सामाजिक सञ्जालमा आफ्ना अशन्तुष्टी पोख्न थालेका हुन । सत्ता गठबन्धनमा आवद्ध मुख्य दल नेपाली काँग्रेस,माओवादी केन्द्र र […]

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश कमिटि सदस्य बिनोद केसीले […]

बेनी-मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

३ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला […]

मालिकाको प्रमुखमा काँग्रेसबाट श्रीप्रसाद रोका उम्मेदवार

विकल्प न्यूज\बेनी वैशाख २ गते ।  नेपाली काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा हालकै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ । शुक्रबार नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा […]