ताजा समाचार:
Search

Breaking News

बेनीमा होलीको रौनक (फोटोफिचर)

विकल्प न्यूज\बेनी फागुन २१ गते । रङ्गहरूको पर्व होली आज (सोमबार) बेनीमा धुमधाम सँग मनाइएको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । होलीका दिन एकआपसमा शुभकामना साटासाट,नाचगान गरेर मनाइएको छ । होलीका दिन बेनी बजार होलीमय बनेको छ ।

रचनात्मक कार्यमा बगरफाँटका युवा ः खेलकुद मार्फत चिनाउँदै गाउँ समाज

धु्रवसागर शर्मा /विकल्प न्यूज फागुन २१ गते । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु प्नि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरु मार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका […]

जिल्ला स्तरीय नृत्य प्रतियोगिताको शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन २० गते ।   शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितीय शिख मावि शिख र तृतीय पाउद्धार मावि पाउद्धारका शिक्षकहरु भएका छन् । त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र […]

जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

फागुन २० गते ।  ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । […]

जलजलाको बगरफाँटलाई जोड्न कालिगण्डकीमा बेलिब्रिज निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/बेनी फागुन २० गते । बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँटवस्ती विगत दुईवर्ष देखि सडक सुविधाबाट बञ्चित हुँदै आएको थियो । पक्की पुल नहुँदा […]

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

बेनी, फागुन १९  गते । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त […]

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

विकल्प न्यूज/बेनी फागुन १९ गते ।  म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]

म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगीता हुने

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । विहिवार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो कुराको […]

पाहुना पर्खदै बेनीका हाेटल

म्याग्दी,  फागुन  १८ गते । बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि उत्तिकै छ । यो सुन्दर […]

खैरो हिरोइन सहित भारतीय नागरिक कालिपुलबाट पक्राउ

विकल्प न्युज/ बेनी फागुन १७ गते । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका ८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ बर्षिय अलेमुन हकलाई पक्राउ गरेको सुचना अधिकारी एवम् प्रहरी निरिक्षक किरण लामाले बताउनुभयो । सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६।५ ग्राम […]

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य व्यक्तिहरुबाट […]

बेनीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १५ गते । बेनीमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ […]

बेनी नगरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज / बेनी फागुन १३ गते । बेनीमा शनिबनर सम्पन्न भ्एको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो । प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ काँस्य सहित अन्नपुर्ण गाउँपालिका द्धितीय […]

बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १२ गते । शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मंचमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभएको । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको […]

शुक्रबार देखि बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विकल्प न्यूज/बेनी फागुन ११ गते । भोली शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको हो । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । प्रतियोगिताको […]